हजारौँ नेपाली विद्यार्थीहरू अमेरिकामा अध्ययनरत छन् र नेपाललाई टि.पि.एस (टेम्पोरेरी प्रोटेक्टेड स्टाटस) प्रदान भएपछि विद्यार्थीहरूले टि.पि.एस फाइल गर्न पाउने कि नपाउने वा विद्यार्थीहरूले टि.पि.एस प्राप्त भएपछि विधार्थीहरुको एफ वान अर्थात् एम वान स्टाटस के हुने भन्ने कुरामा स्पष्ट नभएको देखिएको हुँदा यही लेख मार्फत सामान्य जानकारीको लागि भएपनि स्पष्ट गर्न खोजिएको छ ।
विद्यार्थीहरूले एफ वान स्टाटसमा हुँदा टिपिएस फाइल गर्न पाउँछ ।
यसरि टिपिएस फाइल गर्दा विद्यार्थीका सामु २ वटा विकल्पहरू छन् ।
१. स्टुडेन्ट स्टाटस मेन्टेन गरेर टिपिएसबाट हुने फाइदा लिने र दुइवटै स्टाटस साथ साथै लाने
२. विद्यार्थीको हैसियतबाट टिपिएसमा मात्र गएर पढाइमा संलग्न हुने ।
यदि विद्यार्थीले स्टुडेन्ट स्टाटसमा रहेर टिपिएस पनि प्राप्त गर्ने सोचमा छ भने निजले आफूसँग भएका विकल्पहरुलाई कलेजको सम्बन्धित अधिकारी (DSO) सँग गएर छलफल गरी एफ अथवा एम स्टाटस मेन्टेन गर्दा राम्रो हुने स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटिर प्रोग्राम (SEVP) ले पनि सुझाव दिएको देखिन्छ । विद्यार्थी स्वयंमले आफ्नो स्टाटस बचाएर टिपिएसको पनि फाइदा लिने वा स्टाटसको अन्त्य गरी टिपिएस मात्र लिएर स्टुडेन्ट स्टाटसको अन्त्य गर्ने निर्णय लिन सक्तछ । विद्यार्थीहरूलाई टिपिएस प्राप्त भएपछाडि स्टुडेन्ट स्टाटस कन्टिन्युटि गर्नृपर्ने दायित्व हुँदैन तर स्टुडेन्टले आफ्नो स्टाटस अन्त्य गरेर टिपिएस मात्र लिएको खण्डमा (SEVIS) को रेकर्डको अन्त्य हुन्छ र यो रेकर्ड समाप्त भएपछि एफ वान स्टाटस पनि रहदैन । त्यसैले विद्यार्थीहरूले आफ्नो एफ वान स्टाटस बचाई राख्नकोलागि फुल टाइम स्टडि जारी राख्नुपर्दछ किनकि टिपिएस पाएकै आधारमा कोर्ष ड्रप गर्ने वा क्रेडिट घटाएर एफ वान स्टाटस मेन्टेन गर्ने आधार विद्यार्थीहरूलाई प्राप्त हुँदैन ।
टिपिएस प्राप्त गरिसकेपछि एफ वान स्टुडेन्टले काम गर्ने अधिकार प्राप्त गरिसकेपछि सम्बधित विद्यार्थीले स्कुलको सम्बन्धित अधिकारी (DSO) कहाँ गएर आफ्नो (SEVP)को रेकर्ड अपडेट गर्नको लागि अनुरोध गर्दा राम्रो हुन्छ । यदि विद्यार्थी को (SEVP) को रेकर्डलाई (I-20) र्फम अपडेट गरी सम्बन्धित विद्यार्थीलाई मिनिमम कोर्ष लोडको अधिकार (DSO)ले दिएमा र टिपिएसबाट प्राप्त गरेको काम गर्ने अधिकार अनुसार काम गरेमा र अन्यथा विद्यार्थी स्टाटस उल्लघंन नगरेमा सम्बन्धित विद्यार्थीले एफ वान स्टाटस र टिपिएस साथ साथै मेन्टेन गर्न सक्छ ।
टिपिएस प्राप्त गरेको विद्यार्थीले विदेश यात्रा गर्न चाहेमा, यदि निजको एफ वान भिजा स्टाटस समाप्त भएको छैन भने निजले कुनै पनि एउटा एफ वान अथवा टिपिएसको माध्यमबाट ट्राभल गर्न सक्छ तर टिपिएसको माध्यम द्दवारा ट्राभल गर्दा पहिले एडभान्स परोल अथवा ट्राभल डकुमेन्ट फर्म (I-131) एप्लाई गरी स्वीकृत भईसकेपछि मात्र अमेरिका छाडेर बाहिर जान सकिन्छ । यसरि एडभान्स परोल लिएर विदेश यात्रा गर्दा त्यो छोटो समयको लागि जाँदा उपयुक्त हुन्छ ।
अन्त्यमा ज्ञात रहोस्, यदि नेपाललाई प्रदान गरिएको टिपिएसको अवधि समाप्त भएर होमल्याण्ड सेक्यिुरिटीले दोस्रो पटक समायवधि नबढाएको खण्डमा सम्बन्धित निवेदकहरु टिपिएस प्राप्त गर्नुभन्दा अगाडि आफूसँग भएको पुरानो स्टाटसमा नै पुनः फर्किनुपर्ने हुन्छ तर यदि सम्बन्धित व्यक्तिको स्टाटसको आधिकारिक म्याद गुज्रिएको अथवा स्टाटसको समाप्त भएको खण्डमा भने त्यस्तो अवस्थामा सो व्यक्ति आउट अफ स्टाटस हुने गर्दछ ।
(यो लेखमा व्यक्त विचारहरू पाठकका सामान्य जानकारीका लागि मात्रहुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुन सम्बन्धि उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलाराको इमेल:bp@chhetrylaw.com मा सम्पर्क राख्नसक्नु हुनेछ –सम्पादक ।)
क्षेत्री एण्ड एशोसिएटस् न्युयोर्कका यटर्नी बासु फुलारा
फोन: (७१८) ४४०-५७५४
इमेल: bp@chhetrylaw.com
प्रतिक्रिया