मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
बिश्वमा सफल नेपाली   
मुख्य समाचार   

सेप्टेम्बर १५ मा ड्यालसमा चितवने पिकनिक

सेप्टेम्बर १५ मा ड्यालसमा चितवने पिकनिक


टेक्सस (अमेरिका) । टेक्ससमा बसोबास गर्दै आएका चितवनेहरुको आयोजनामा आउँदो सेप्टेम्बर १५ तारिक बनभोज (पिकनिक) आयोजना हुने भएको छ ।

सेप्टेम्बर १५ तारिक आइतबार ड्यालस फोर्टवर्थको ग्रेपभाइन लेकमा पिकनिक ह’न लागेको र उक्त पिकनिकमा सहभागी हुन अमेरिका भरि रहेका चितवनेहरुमा अपिल गरिएको छ । ‘यो पिकनिकलाई हामी चितवनेहरुले एउटा चाडकै रुप दिने प्रयास गरिरहेका छौँ । यो पिकनिकमा सहभागी हन अमेरिका भरि रहेका चितवनेहरुमा अपिल गर्दछु’ चितवनको टाँडी घर भएर हाल युलेस सिटीका काउन्सिल सदस्य रहेका टिका पौडेलले भने ।

चितवनमा जन्मिएका, अन्य जिल्लाहरुमा जन्मिएर चितवन बसाई सरेका, चितवन ससुराली भएका, चितवन माइती मावली भएका सबैजना सहभागी हुन सक्ने पिकनिक संयोजक सुशील क्षेत्रीले जानकारी गराएका छन् ।

सेप्टेम्बर १५ तारिक आइतबार बिहान ११ देखि साँझ ६ बजेसम्म पिकनिक आयोजना ह’ने समेत जानकारी दिइएको छ ।

शेयर गर्नुहोस:

4.4k
Shares