मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    
टेक्सस   

ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिरलाई ३३ लाख डलरको प्रतिवद्धता

ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिरलाई ३३ लाख डलरको प्रतिवद्धता


ड्यालस (टेक्सस) । टेक्ससको ड्यालसमा सम्पन्न नौ दिने नवाह महायज्ञ बुधबार सम्पन्न भएको छ ।

रामनवमीको अवसर पारेर नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले अप्रिल ९ देखि सुरु गरेको नवाहको क्रममा ड्यालस फोर्टवर्थको नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

पशुपतिनाथको मन्दिर र बुद्ध स्तुपा बनाउन आर्थिक सहयोग जुटाउने उद्वेश्यले लगाइएको नवाहको क्रममा दाताहरुबाट ३३ लाख डलर सहयोगको प्रतिवद्धता आएको छ । यो सहयोग बढीमा आउँदो तीन वर्षभित्र दाताहरुले मन्दिरलाई दिइसक्ने प्रतिवद्धता जनाएका छन् । कतिपयले भने प्रतिवद्धता जनाएको रकम तत्कालै दिएका छन् ।

नौ दिनको अवधिमा १६ हजार दुईसय भक्तजनहरु नवाहको लागि मन्दिरमा आएको रजिष्ट्रेशनबाट देखिएको छ । ‘यो संख्यामा अझै १५ देखि २० प्रतिशत थप सहभागि हुनसक्छन् । किनभने धेरै भक्तजनहरु मन्दिरको पछाडीबाट प्रवेश गरेका छन् । जहाँ हाम्रो दर्ता टेबल थिएन’ रजिष्ट्रेशन संयोजक बासु श्रेष्ठले जानकारी दिए । सबैभन्दा धेरै सहभागिता अप्रिल १३ तारिक आइतबार थियो । सो दिन तीनहजार दुईसयजनाले दर्ता गरेर प्रवेश गरेका थिए ।

मन्दिर र स्तुपा निर्माणको लागि समुदायले देखाएको अपार सहयोगको लागि समापन समारोहमा मन्दिर बोर्ड अफ ट्रष्टीका अध्यक्ष रमेश पोखरेल, उपाध्यक्ष डा. प्रेम अधिकारी, मन्दिर कार्यसमितिकी अध्यक्ष सीता सापकोटा, उपाध्यक्ष छबी चापागाई लगायले खुशी व्यक्ति गर्दै हरेक दिन मन्दिरलाई मायाँ गर्न र सबै परिवार कम्तिमा फाउण्डिंग मेम्बर बनेर सहयोग गरिदिन आव्हान गरे ।
नौ दिनको अवधिमा तीनसय १४ जनाले संस्थापक सदस्य थपिएका छन् ।

समापनको दिन टेक्ससका सफल व्यबसायी एवं समाजसेवी भीम कार्की र इन्दिरा कार्की दम्पत्तिले मन्दिरलाई एकलाख ११ हजार एकसय ११ डलर सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै नेपाली समाज टेक्ससका उपाध्यक्ष बलराम पौडेल दम्पत्तिले ५० हजार सहयोगको घोषणा गरेका छन् । सिपिए प्रेम शाहीले पनि एकलाख डलर सहयोगको घोषणा गरेका छन् ।

नवाहको अवधिमा ६ जनाले मन्दिरलाई एकलाख भन्दा बढी सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । एकलाख भन्दा बढी सहयोग गर्नेलाई मन्दिरले वाल अफ अनर प्रदान गर्ने नीति लिएको छ ।

समापन समारोहमा मन्दिर ट्रष्टीका उपाध्यक्ष डा. प्रेम अधिकारीले नेपाली हरेक परिवार नछुटुन् र सबैले सदस्यता लिने अवस्था होस् भनेर सजिलो किस्ताबन्दी प्लान ल्याएको फलस्वरुप नवाहको क्रममा चारसय भन्दा धेरै सदस्य बढेको जानकारी दिए ।

नवाह र मन्दिरलाई सहयोग गर्न नेपाली समुदाय यसपटक ऐतिहासिक रुपमा जुटेको देखिएको छ । मन्दिरको नवाह महायज्ञ सफल बनाउन स्वयम्सेवकहरुको अत्यन्तै व्यबस्थित खटाईले गर्दा कुनै पनि समस्या देखिएको थिएन । जसलाई सहभागी भक्तजनहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

आइतबार सबैभन्दा बढी एकलाख ५५ हजार ५ सय ५५ डलर सहयोग गर्ने घोषणा कृष्ण पन्त र नागिन पन्त दम्पत्ति