मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    
डिसी मेट्रो   

विदेशवाट कांग्रेस महासमिति सदश्य र महाधिवेशन प्रतिनिनिध हुन राखिएका प्रावधान प्रति नागरिकता खोई अभियानको आपत्ति

विदेशवाट कांग्रेस महासमिति सदश्य र महाधिवेशन प्रतिनिनिध हुन राखिएका प्रावधान प्रति नागरिकता खोई अभियानको आपत्ति

हिमालय खबर

शेयर गर्नुहोस:

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- सत्तारुढ पुरानो पार्टी नेपाली कांग्रेसको आइतवार सम्पन्न केन्द्रिय समिति वैठकले विदेशवाट कांग्रेसको महासमिति सदश्य र महाधिवेशन प्रतिनिधि हुन विदेशमा वस्ने नेपालीका लागि राखेका प्रावधान प्रति नागरिकता खोई अभियानले आपत्ति जनाएको छ ।

कांग्रेस बैठकले कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिका अध्यक्ष विदेशी नागरिकता लिएका नेपाली पनि हुन पाउने तर, महासमिति सदश्य र महाधिवेशन प्रतिनिधि भने हुन नपाउने निर्णय गरेको थियो ।

नेपाली कांग्रेस जस्ता उदार सोच राख्ने पार्टीले विदेशमा वाध्यता वश त्यहांको नागरिकता लिएका नेपालीलाई पार्टीको महत्वपुर्ण निकायमा प्रवेश रोक लगाउनु कुनै पनि हालतमा स्विकार्य नभएको नागरिकता खोई अभियानका संयोजक बासु घिमिरेले वताए ।

यस्तो निर्णयले विदेशमा वस्ने नेपालीको विश्वास कांग्रेसले गुमाउने छ बासुले भने यो आउने चुनावमा नेपाली कांग्रेसका लागि निकै महंगो पर्ने छ ।

नागरिकता खोई अभियानले विदेशमा वस्ने नेपालीको नागरिकता निरन्रताका लागि विभिन्न अभियान शुरु गरिरहेको छ । नागरिक समाज, राजनीतिक पार्टीका नेता लगायतलाई नागरिकताको निरन्तरताको फाइदाका वारेमा नियमित जानकारी दिईरहेको छ ।

नागरिकताको निरन्तरता गरेमा नेपालमा झण्डै २० लाख रोजगारी सृजना हुने, रेमिट्यान्सका रुपमा अहिले भन्दा निकै वढी पैसा नेपाल भित्रिने अध्ययनले देखाएको छ ।

नेपालको आर्थिक विकास र राजनीतिक सुधारका लागि पनि विदेशमा वस्ने नेपालीलाई पुर्ण अधिकार सहितको नागरिकताको निरन्तरताको विकल्प नरहेको घिमिरेले वताए ।

अहिले नेपालमा २० बर्ष देखी ४० बर्ष उमेर समुहका नागरिकमा विदेश जाने क्रम उच्च छ । कयौं गाउंहरु युवा विहिन भएका छन् । बजारमा किनवेच लगायत आर्थिक गतिविधि वढ्नुको सट्टा घट्दो क्रममा छ । ठुलो संख्यामा नेपाली वाहिरिने क्रम वढेकाले आर्थिक गतिविधि सुस्त भएको हो ।

कांग्रेसको यस्तो अनुदार निर्णय प्रति विदेशमा वस्ने कांग्रेस कार्यकर्ताले समेत मन पराएका छैनन ।

नागरिकताको निरन्तरताको माग भईरहेका वेला यस्तो निर्णय नभएको भए हुन्थ्यो नेपाली जनसम्पर्क समितिका पुर्व संयोजक विष्णु सुवेदीले भने । जयनेपाल अभियान चलाईरहेका डा यादव पण्डितले पनि कांग्रेसले गरेको यो निर्णयले पार्टीलाई फाइदा नगर्ने वताए ।

कांग्रेसको यो निर्णयलाई सच्चाउन पनि घिमिरेले आग्रह गरेका छन् । अहिले देशको ठुलो युवा शक्ति विदेशमा छ तर, उनीहरुलाई राज्यले हेप्दै आएको छ । विदेशी मुद्राको स्रोतमात्र मानेका छ ।

जसले विदेशमा वस्ने नेपालीको चासोका विषयलाई वेवास्ता गर्छ त्यो राजनीतिक पार्टी वा व्यक्तिलाई आउने चुनावमा भोट नदिनुहोस भनेर विदेशमा वस्ने युवाले आफ्नो परिवारलाई भन्न थालेका छन् घिमिरेले भने यो अवस्थामा कांग्रेसको यो निर्णयले ठुलो मूल्य चुकाउनु पर्ने पनि हुन सक्छ ।