मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजारको विद्युत् भारत निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले गत साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारत निर्यात गरेको हो । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ६३ पैसा छ ।

Advertisement

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज ९आइएक्स०को ‘डेअहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिरहेको छ ।

भारतको प्रसारण संरचना प्रयोग गरी नेपालबाट बङ्गलादेशमा पनि विद्युत् निर्यात सुरु भइसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत असोजमा आएको बाढीपहिरोका कारण जलविद्युत केन्द्रहरु र प्रसारण लाइनमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए ।

“सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरुमध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीका संरचनामा पहिरोले क्षति पु(याउँदा विद्युत् उत्पादन बन्द छ,”, उनले भने, “यसबाट चालु आवमा राखिएको करिब रु ३० अर्बको विद्युत् निर्यातको लक्ष्य प्रभावित हुने देखिएको छ ।”

गत साउनमा चार रु अर्ब १४ करोड ५० लाख ७७ हजार, भदौमा रु तीन अर्ब ६७ करोड ८४ लाख ४८ हजार, असोजमा रु तीन अर्ब छ करोड ५१ लाख ३९ हजार र कात्तिकमा रु एक अर्ब ८३ करोड सात लाख ९५ हजारको विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । गत आवमा भारतबाट रु १६ अर्ब ९३ करोडको विद्युत् आयात र रु १७ अर्ब छ करोडको निर्यात गरिएको थियो ।

शेयर गर्नुहोस:

162
Shares