मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बेल्जियमका राजदूत राजभण्डारीको बिदाइ

बेल्जियमका राजदूत राजभण्डारीको बिदाइ

हिमालय खबर

शेयर गर्नुहोस:

189
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । बेल्जियमस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले नेपालका राजदूत गेहेन्द्र राजभण्डारीको सम्मानमा बिदाइ कार्यक्रम आयोजना गरेको छ ।
चार वर्षदेखि बेल्जियम र बेनेलक्स राष्ट्रहरूका लागि नेपालका राजदूतका रूपमा योगदान दिँदै आएका भण्डारीको कार्यकाल पूरा भएको अवसरमा विशेष कार्यक्रम गरी बिदाइ गरिएको हो ।

कार्यक्रममा बेल्जियमस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले राजदूत राजभण्डारीको कामको उच्च प्रशंसा गर्दै नेपाल–बेल्जियम सम्बन्धलाई सुदृढ बनाउनेतर्फ उनले पु¥याएको योगदानको कदर गरे । राजदूत राजभण्डारीले प्रवासी नेपालीहरूको हकहित संरक्षण, पर्यटन प्रवद्र्धन र सांस्कृतिक आदानप्रदानमा मह¤वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै सबैले आगामी भविष्यका लागि सफलताको शुभकामना व्यक्त गरे ।

राजदूत राजभण्डारीले आफ्नो अनुभव साझा गर्दै नेपाली समुदायको सक्रियता, एकता र सहकार्यप्रति आभार प्रकट गरे । उनले बेल्जियममा रहेका नेपालीहरूको योगदान र साथको प्रशंसा गर्दै नेपाल–बेल्जियम सम्बन्धलाई अझ सुदृढ बनाउनका लागि निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका दौरान, विभिन्न संघसंस्थाका दर्जनौँ प्रतिनिधिहरूले नेपालका राजदूत राजभण्डारीको कार्यक्षमताको उच्च प्रशंसा गरेका थिए । कार्यक्रममा सहभागी प्रतिनिधिहरूले राजदूत राजभण्डारीको नेतृत्वमा भएको उल्लेखनीय उपलब्धिहरूको चर्चा गर्दै नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्न उनको योगदानको प्रशंसा गरे ।

उनीहरूले राजभण्डारीले देखाएको कुशल कूटनीति, समर्पण र प्रभावकारी नेतृत्वका लागि धन्यवाद ज्ञापन गरे । कार्यक्रमका क्रममा धेरै सहभागीहरूले आगामी कार्यकालका लागि शुभकामना व्यक्त गर्दै राजभण्डारीको नेतृत्वमा थप उपलब्धिहरूको आशा व्यक्त गरे । राजदूत राजभण्डारीले सबै सहभागीहरूलाई धन्यवाद दिँदै आफूले प्राप्त गरेको समर्थनलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । सो अवसरमा हालै सम्पन्न स्थानीय निर्वाचनमा लुभेन नगर परिषद् सदस्य सूर्य ढकाल र ब्रुज नगर परिषद् सदस्य प्रज्ञा तिमिल्सेनालाई समेत सम्मानित गरिएको थियो । उनीहरूले नेपाली समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाली समुदायका सदस्यहरू यस सम्मान कार्यक्रममा उपस्थित व्यक्तिहरु निकै खुसी र उत्साहित देखिन्थे । यस अवसरमा राजदूत राजभण्डारी र नगर सदस्यहरुबीचमा आगामी यात्राका लागि शुभकामना आदानप्रदानसमेत भएको थियो । संका अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका उपमहासचिव राजेन्द्र कार्कीले गरेका थिए ।