मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    
घुमफिर   

‘द ह्वाइट हाउस’

‘द ह्वाइट हाउस’

सुजन पण्डित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्वाइट हाउस! संसारकै सबभन्दा शक्तिशाली मुलुकको राष्ट्रपतिको निवास र कार्यालय भवन। त्यसैले त अमेरिका आइपुग्ने जो कोहीलाई ह्वाइट हाउस पुग्ने धोको हुन्छ नै। वर्तमान विश्वको शक्ति संरचनामा सबभन्दा शक्तिशाली व्यक्तिको निवास र कार्यालय कस्तो होला भन्ने कौतुहलता हुनु स्वभाविक नै हो। अमेरिका आएको पाँच वर्ष पछि (२०१७) मा मात्र मैले ह्वाइट हाउसको बाहिरी संरचनाको अवलोकन गर्ने मौका पाएको थिएँ। ह्वाइट हाउस पुगेर केही तस्बिरहरु खिचेपछि मात्र अमेरिका आइएको महशुस भएको थियो। त्यसपछि चार पटक ह्वाइट हाउस पुगेपनि ‘सेक्रेट सर्भिस’को कडा सुरक्षा घेरामा रहेको रहेको ‘सेतो घर’को महिमा घटेको छैन। तस्बिर खिच्न छोडिेएको छैन। उस्तै सेतो, उस्तै आकार अनि उस्तै सुरक्षा घेरा!

हो, आज त्यही कौतुहलताको संक्षिप्त जवाफ प्रस्तुत गर्ने अनुमति चाहन्छु।

व्हाइट हाउसको डिजाइन आइरिस आर्किटेक्ट जेम्स होबानले गरेका थिए। होबान व्हाइट हाउसको डिजाइन प्रतियोगितामा सहभागी हुँदा आयरल्यान्डको डब्लिनस्थित लिन्स्टर हाउसबाट प्रेरित थिए भनिन्छ। व्हाइट हाउस सन् १७९२ देखि सन् १८०० को बीचमा बनेको हो। नोभेम्वर १८०० मा अमेरिकाको दोश्रो राष्ट्रपति जोन एडम्सको परिवार पहिलो पटक ह्वाइट हाउसमा बस्न थालेको थियो।

शुरुमा यसलाई “राष्ट्रपतिको दरबार” भनिन्थ्यो। 1901 मा आएर राष्ट्रपति थिओडोर रुजवेल्टले यसलाई “व्हाइट हाउस” नामाकरण गरेका थिए।

1814 मा ढुङ्गाको पर्खालहरूाई वातावरणीय प्रभावबाट जोगाउन चुना मिश्रित सेतो रङ्ग पोतिएको थियो।

ह्वाइट हाउसमा धेरै गोप्य सुरुङहरूको नेटवर्क छ भनिन्छ, जसले राष्ट्रपतिलाई राष्ट्रिय ढुकुटी रहेको ट्रेजरी डिपार्टमेन्टसम्म पुग्ने बाटो सहित जमिन मुनि रहेका सुरक्षित बङ्करसम्म जाने सुविधा दिन्छ।

एउटा मिथक यस्तो पनि छ कि ह्वाइट हाउसमा भूतपूर्व राष्ट्रपतिहरू, प्रथम महिलाहरू, र यहाँसम्म कि एक रहस्यमय जवान केटाको प्रेतआत्मा समेत बास गर्दछ।

ह्वाइट हाउसमा थोमस जेफर्सनले प्रयोग गरेको डेस्क र अब्राहम लिंकनले प्रयोग गरेको कुर्सी सहितका  ऐतिहासिक फर्निचरको संग्रह पनि छ।

करिब ५५ हजार बर्ग फिटमा फैलिएको ह्वाइट हाउसमा १३२ वटा कोठा र ३५ वटा ‘फुल साइज’ वाथरुमहरु छन् भने १६ वटा पाहुना सयन कक्षहरु समेत रहेको छ। आफ्नो क्षेत्रको कंग्रेसमेनको सिफारिस सहित कम्तिमा २१ दिन अघि रजिष्ट्रेशन गरिएमा ह्वाइट हाउसको अवलोकन भ्रमण समेत गर्न पाइन्छ। तर ह्वाइट हाउसमा सार्वजिक सौचालय भने उपलब्ध छैन।

समग्रमा ‘ह्वाइट हाउस’ शक्ति र अमेरिकी वैभवको ऐतिहासिक धरोहर हो, जसको अवलोकन गर्न वर्षेनी लाखौं मान्छेहरु पुग्ने गर्दछन्।

तस्बिरः सुजन पण्डित/अमित/संगिता