प्रम कोइरालाको स्वागत कार्यक्रम : जनसम्पर्कद्वारा संयोजन, एनआरएन असन्तुष्ट

न्युयोर्क, सेप्टेम्बर १८ ।संयुक्त राष्ट्र संघको ७० औं महासभामा सहभागी हुन विहीबार न्युयोर्क आइपुग्नुहुने प्रधानमन्त्री सुशील कोइरालाको नागरिक समारोहको संयोजन कसले गर्ने भन्ने बारेमा विवाद सुरु भएको छ । शुक्रबार साँझ न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगको कार्यालयमा बसेको बैठकले नेपाली जनसम्पर्क समिति अमेरिकाले त्यसको संयोजन गर्ने निर्णय लिइएको १२ घण्टा पनि नबित्दै एनआरएन…