मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा पनि धूमधामका साथ इन्द्रजात्रा मनाइने

अमेरिकामा पनि धूमधामका साथ इन्द्रजात्रा मनाइने


हिमालय खबर, टेक्सस, अमेरिका । नेवार समुदायको परम्परागत महान् चाड इन्द्रजात्रा धूमधामका साथ अमेरिकामा पनि मनाइने भएको छ । युनाइटेड नेवा यूएसएको आयोजनामा यही अक्टोबर ४ तारिखका दिन भव्यताका साथ् डालस फोर्टवर्थ सहरस्थित रिभर लिगेसी पार्क, अर्लिङटन, टेक्ससमा पहिलो पल्ट इन्द्रजात्रा मनाउन लागिएको हो । 

indra-jatra-usaअक्टोबर ४ तारिख, आइतबार बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म कार्यक्रम गरिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रम परिसरमा नेवारी खाना, मोमो, छोयला बजी, मुस्या, आलुलगायतका परिकारहरु सहुलियत दरमा उपलब्ध गराइने आयोजकले हिमालय खबरलाई बताएको छ । 

कार्यक्रममा काठमाडौँका स्थानीय लाखे नाच तथा पुलु किसी नाच, कुमारी पूजा, समयबजी, मञ्जुश्री नाच, चंगा चैट, बच्चाबच्चीको लागि विशेष खेलको आयोजना गरिएको छ । यस्तै स्थानीय कलाकारहरुको गीत तथा संगीतिक प्रस्तुति रहने छ । विशेष आकर्षणका रुपमा चर्चित गायक÷गायिका सञ्जीव प्रधान र सरिष्मा अमात्यको विशेष गीत संगीतिक प्रस्तुति एवम् नृत्यसमेत हुने युनाइटेड नेवाः यूएसएका महासचिव शाक्य स्वयम्भुले बताउनुभयो ।

इन्द्रजात्राबारे जानकारी :
इन्द्रजात्रा काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा मनाउने जात्रा हो । यसलाई येँया पुन्हि पनि भनिन्छ । इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो मह¤वपूर्ण जात्रा हो । इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गमस्थल हो । 

indra-JaTRAभाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्र ध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्र ध्वजपतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविद्हरूले पुरानो चाड मानेका छन् । इन्द्रजात्रा र लिंगो (ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ । 

इन्द्रजात्राबारे किम्बदन्ती :
आफ्नी आमालाई वसुन्धराको व्रत निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा हामी इन्द्रजात्रा मनाउँदछौँ । त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन । त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै छ । इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । 

पुराणअनुसार प्राचीनकालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे । इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो । स्वर्गलाक र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले । पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउन सुरू भएको हो । त्यसै बेलादेखि आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न इन्द्रध्वजा स्थापना गर्ने परम्परा सुरू भएको किम्बदन्ती छ । 

जात्रा आरम्भ :
भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । 

हनुमानढोका दरवारक्षेत्रमा कालभैरवको विशाल मूर्तिअगाडि धार्मिक विधिअनुसार उक्त लिंगो ठड्याएपछि इन्द्रजात्राको चहलपहल सुरू हुन्छ । यसरी ठडयाइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । नेपाल भाषामा ‘योसी’ भनिने उक्त लिंगोमा मंगल सूचकका विभिन्न चिह्न अङ्कित पताका झुन्ड्याएको हुन्छ । 

उक्त लिंगो ठड्याएपछि फेंदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन् । इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ । यस अवसरमा हनुमानढोका दरवारक्षेत्रमा रहेको श्वेतभैरवको विशाल सरभमुख सर्वसाधारणलाई दर्शन र पूजाका लागि खुला गरिन्छ ।

Indra-Jatra-2013यस पर्वमा हनुमानढोकालगायतका क्षेत्रमा जीवितदेवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठडयाएपछि सुरू भएको जात्राभरि आठ दिनसम्म राजधानीका विभिन्न ठाउँमा भक्कुनाचहलचोकको (सवभकु), भक्तपुरको महाकालीनाच, मजिपातको मजिपमत लाखेनाच, दसअवतार तथा इन्द्रको वाहन ऐरावतहात्तीको प्रतिकका रूपमा (किलागलका पुलुकिसी) पुलुकिसी नाच नचाउने गरिन्छ । यस उपलक्ष्यमा काठमाडौँबाट करिब चारकोस पश्चिम पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न भक्तजनको घुँइचो लाग्छ । साथै कुमारीघर अगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुले लिएको दस अवतार देखाइन्छ ।

यसपछि बहुमतः निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाइ त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ । यो जात्रा काठमाडौंका मानन्धर समुदायले गर्छन् । यंलाथ्व पूर्णिमा जात्राको चौथो दिन थहने याः भनेर गणेश भैरव र कुमारीको रथलाई कान्तिपुर नगरीको माथिल्लो भाग मरुबाट माथि असनसम्म परिक्रमा गराइन्छ । त्यस दिन नेवार समुदायका मानिसहरूले समयबजि खान्छन् । यंलागा चौथीका दिन नानिचा याः भनेर गणेश भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिन्छ । यसरी आठदिनसम्म नेवार समुदायले इन्द्रजात्रा मनाउँदै आएका छन् । 

lingoइन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र सिंल्यंसत्तःको बीचमा अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ । संस्कृतिविद्हरूका अनुसार आमालाई वसुन्धराको व्रत बस्न आवश्यक पारिजातको फूल र कर्कलो पृथ्वीमा लिन आएका देवराज इन्द्रलाई मालीलाई नसोधी टिपेकोमा चोर सावित भई डोरीले बाँधी सबैलाई देखाएको भनी मरुटोलमा इन्द्रलाई डोरीले बाँधेर राखेको मूर्ति प्रदर्शन गरिएको लोककथन चलिआएको पाइन्छ । 

इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबली बनाई प्रदर्शनमा राखिन्छ । इन्द्रजात्राकै अवसरमा मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शीर भनिने आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिंगारेर पूजा गरिन्छ । साथै धिमेबाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ ।

लिंगो गाडेको तेस्रो दिन अर्थात् यंलाथ्व चतुर्दशीका दिन क्वहने याः भनेर नेवार समुदायले मान्दै आएको जीवित देवी कुमारी भैरव र गणेशलाई रथमा राखी काठमाडौंको पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ । यो जात्रा गर्नुअघि हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुख उपस्थित भई गणेश भैरव र कुमारीको पूजा गरी जात्रा हेर्नुपर्ने प्रचलन छ । यो जात्रामा राष्ट्रप्रमुखको उपस्थिति जयप्रकाश मल्लको पालादेखि चलिआएको हो र कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जीवित देवी कुमारीको रथजात्रा चलाई आफू स्वयम् रथमा बसी नगर परिक्रमा गर्ने गर्दथे भन्ने लोक कथन छ । 

यसै दिन बेलुकी गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट बर्षभरिमा मृत्यु भएका व्यक्तिका परिवारजनले सतविज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन् । यसपछि बहुमतः निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाई त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ । यो जात्रा काठमाडौंका मानन्धर समुदायले गर्छन् । यंलाथ्व पूर्णिमा जात्राको चौथो दिन थहने याः भनेर गणेश भैरव र कुमारीको रथलाई कान्तिपुर नगरीको माथिल्लो भाग मरुटोलबाट माथि असनसम्म परिक्रमा गराइन्छ । त्यस दिन नेवार समुदायका मानिसहरूले समयबजी खान्छन् । यंलागा चौथी (आश्विन कृष्ण चौथी)का दिन नानिचा याः भनेर गणेश भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिन्छ ।

इन्द्रजात्राको मह¤व : 
साँझ बौद्ध धर्मावलम्बीले वर्षभरिमा दिवंगत भएका आफन्तहरू सुखावती भूवनमा बासको कामना गर्दै धारणी स्तोत्र पाठ गर्ने गर्छन् । उनीहरूले बाटोभरि दियो दान गर्दै काठमाडौं नगरबस्ती बाहिरका बाटाहरू हुँदै नगर परिक्रमा गर्ने गर्छन् । ततपश्चात् भोलिपल्ट वामन द्वाद्वशीमा तिलगंगामा रहेको विष्णुविक्रान्त मूर्तिमा भक्तजनहरूले पूजाअर्चना गर्दै दियो दान गर्ने परम्परा छ । उक्त मूर्ति सम्वत् ३८९ मा राजा मानदेवले उनकी आमा राजमाता राज्यवतीको पुण्य बढोस् भन्ने कामनाका साथ स्थापना गरेका थिए । यसै दिनदेखि घरघरमा दलुचा (झ्यालमा झुन्ड्याउने एक प्रकारको दियो) झुण्ड्याई इन्द्रको नाममा बत्ती बाल्ने चलन छ । 

इन्द्रजात्राकै क्रममा शाक्य जातकी एक बालिकालाई कुमारीका रूप र दुई बालकलाई गणेश र भैरवको स्वरूपमा बेग्लाबेग्लै रथमा राखी बाजागाजाका साथ जात्रा गर्दै बुधबार तल्लो टोलहरू र बिहीबार माथिल्लो टोलहरूमा परिक्रमा गराइन्छ । इन्द्रजात्राको अन्तिम दिनमा नानीचा याः भनी वसन्तपुरदेखि नरदेवी, किलागल, असन, इन्द्रचोक मखन भई पुनः वसन्तपुर नै पु¥याएपछि इन्द्रजात्रा सकिन्छ । त्यसै रात इन्द्रध्वजा फहराइएको लिंगो ढाली तानेर बाग्मतीमा लगी सेलाएपछि यो वर्षको इन्द्रजात्रा समाप्त हुन्छ ।

नेपाल एकीकरणको परिप्रेक्षमा यस दिनको विशेष महत्व रहिआएको छ । यसै दिन पृथ्वीनारायण शाहले राजा जयप्रकाश मल्ललाई हराई कान्तिपुर विजय गरेका थिए ।