मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राप्रपा नेपालका नेता चन्द्र बहादुर गुरुगंको निधन

राप्रपा नेपालका नेता चन्द्र बहादुर गुरुगंको निधन


 
हिमालयखवर संवाददाता, कोलोराडो I
राप्रपा नेपालका महामन्त्री चन्द्र बहादुर गुरुङको कोलोराडोको डेनवर स्थित अस्पतालमा उपचारका क्रममा शनिवार विहान निधन भएको छ । पेनक्रियाजमा भएको क्यान्सरको उपचारका क्रममा गुरुङको निधन भएको हो । उनी ६१ बर्षका थिए । थापा पंचायतकाल देखिनै राजनीतिमा सकृय थिए । श्रीमती लगायत परिवारका सदश्य डेनवरमा रहेकाले गुरुङ उपचारका लागि यहां आएका थिए ।
 
स्थानिय नेपाली समुदायले आइतवार कोलोराडोमा श्रद्धान्जली सभा गर्ने तयारी गरिहेको छ । उनको पार्थव शरिर भने नेपालनै लैजाने तयारी गरिएको परिवार स्रोतले जनाएको छ । गुरुङ  २०१२ सालमा स्याड्जाको सिरुवारीमा जन्मिएका थिए ।