मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाज टेक्सासले भारतीय प्र.म. नरेन्द्र मोदी लाई बिरोध पत्र प्रेषित (फोटो फिचर / भिडियो सहित )

नेपाली समाज टेक्सासले भारतीय प्र.म. नरेन्द्र मोदी लाई बिरोध पत्र प्रेषित (फोटो फिचर / भिडियो सहित )


हिमालय खबर टेक्सास I नेपाली समाज टेक्सास (NST) को आयोजनामा बिभिन्न संघ संस्था को सहभागितामा आज बुधबार  अमेरिकाको टेक्सास राज्यको ड्यालस  शहरमा हाल नेपालमा संबिधान निर्माण पश्चात उठेको तराईको आन्दोलनलाई आधार बनाई भारतले नेपाल माथि अस्वाभाविक नाकाबन्दी गरि मानवता विरुद्धको अपराध बिरोध स्वरुप आयोजना गरिएको जानकारी कार्यक्रम संचालन गर्दै समाजका महासचिब विजयराज भट्टराईले बताउनु भयो। 
 
कार्यक्रममा बोल्दै अतिथि नेपालका सभासद मीन बिश्वकर्मा ले भारतले नेपाल प्रति गरेको रबैयाको कारण संयुक्त राष्ट्रसंघको सुरक्षा परिसदमा आफ्नो उपस्थितिको अवस्था कमजोर बन्दै गएको टिप्पणी गर्नुभयो। 
 
प्रथम चरणको यस कार्यक्रममा नेपाली समाजका तर्फ बाट टेक्सास स्थित भारतीय काउन्सलर मार्फत भारतीय प्र.म. नरेन्द्र मोदी लाई पठाउने बिरोध पत्र समाजका अध्यक्षले पढेर सुनाउनु भयो। 
 
राष्ट्रसंघीय महासन्धी अनुसार संसारका ४४ वटा भूपरिवेष्ठित देशहरुले निर्वाधरुपमा पारवाहन सम्बन्धी अधिकार पाउने कुरा उल्लेख छ र सो सन्धिमा भारतले समेत हस्ताक्षर गरेको तीन दशक पुगिसकेको छ । नेपालमा नाकाबन्दी गरेर अन्तरराष्ट्रिय कानून मिचिरहेको भारतलाई नेपालले फेरि एकपटक आफूले गरेको हस्ताक्षरबारे सम्झाउनुपर्ने भएको छ ।
 
संसारका अन्य मुलुकहरुले छिमेकी देशहरुबाट समुद्रसम्मको पारवहन सुविधा सहजै पाइरहेका छन् । तर भारतले घोषित रुपमा नगरे पनि अघोषितरुपमा नेपाली सामानहरुको आयात-निर्यातमा पटक-पटक व्यवधान खडा गर्ने गरेको छ । भारतले अघोषित रुपमा लगाइरहेको नाकाबन्दी अन्तर्राष्ट्रिय कानून अनुसार अवैध छ । 
 
कार्यक्रममा सहभागीहरुले नेपालीपन झल्कने लुगाहरु (ढाका टोपी, भादगाउले टोपी तथा नेपाली संस्कृति, नेपाली झन्डा, हिमाल, पहाड, तराईको फाट झल्कने टिसर्ट) लगाएर उपस्थित थिए। कार्यक्रमको दोश्रो चरण मा ३० मिनेट नेपाली झन्डा तथा प्ले कार्ड लिएर शान्ति पूर्ण प्रदर्शन गरिएको थियो।  
 
नेपाली समाजले नेपालमा भारतले नाकाबन्दी फिर्ता नलिए अन्य थप कार्यक्रम लिएर आउने जनाएको छ। 
कार्यक्रमको भिडियो :