मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको टेक्सासमा नेपालमा भइरहेको भारतीय ज्यादती बिरुद्धको कार्यक्रम हुने !

अमेरिकाको टेक्सासमा नेपालमा भइरहेको भारतीय ज्यादती बिरुद्धको कार्यक्रम हुने !


नेपाली समाज टेक्सास का महासचिब विजय राज भट्टराई ले आज जारी गर्नु भएको सार्बजनिक इमेल मा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु लाई आव्हवान गर्दै नेपाल मा भइरहेको भारतीय ज्यादती बिरुद्ध को कार्यक्रम मा सहभागी हुन् अनुरोध गरिएको छ। सार्बजनिक सूचना जस्ता को त्यस्तै – 
 
नेपाली समाज टेक्सासको अगुवाइमा हाल नेपालको परिस्थिति र सो को सम्बन्धमा हामी प्रबाशी नेपालीले खेल्न सक्ने भूमिकाको सम्बन्धमा बिभिन्न संघ संस्था तथा व्यक्तित्वहरु संग बसी छलफल गर्दा नेपाल मा संबिधान निर्माण पश्चात उठेको तराईको आन्दोलन लाई आधार बनाई भारत ले भुपरिबेष्टित मुलुक नेपाल माथि अस्वाभाविक नाकाबन्दी गरि मानवता विरुद्धको अपराध गरेको हुँदा सो को बिरोध स्वरुप क्रमश कार्यक्रमको घोषणा गर्दै जाने निर्णय गरेको छ। 
 
अब स्वाभिमान शब्दमा होइन, ब्यबहारमा देखाउने बेला आएको छ । यसैका निमित्त नेपाल मा आत्मसम्मान पूर्बक असहज परिस्थितिको सामना गरिरहनु भएका सम्पूर्ण नेपालीहरु प्रति एक्बध्यता जनाउदै, अन्तराष्ट्रिय भूपरिबेष्ठित कानून को दायरा मा बसेर ब्यबहार गर्न छिमेकी मुलुकलाई दबाब सिर्जना गर्न निम्न मिति, स्थान र समयमा उपस्थितिको निमित्त सम्पूर्ण नेपालीहरुलाई हार्दिक आव्ह्वान गर्दछौ। 
 
प्रथम चरण को कार्यक्रम: 
१. प्ले कार्ड सहित शान्ति पूर्ण प्रदर्शन गर्ने 
२. टेक्सास स्थित भारतीय काउन्सलर मार्फत सम्पूर्ण टेक्सास बासी नेपालीहरु को तर्फबाट भारतीय प्र.म. नरेन्द्र मोदी लाई ज्ञापन पत्र पठाउने 
 
नोट: 
१. कार्यक्रम मा आउदा नेपालीपन झल्कने लुगाहरु (ढाका टोपी, भादगाउले टोपी तथा नेपाली संस्कृति, नेपाली झन्डा, हिमाल, पहाड, तराईको फाट झल्कने टिसर्ट) लगाएर आउन अनुरोध गरिन्छ। 
२. कार्यक्रम सुहाउदो प्ले कार्ड समेत लिएर आउन अनुरोध गरिन्छ। 
३. नेपाली झन्डा लिएर आउन हुन् अनुरोध गरिन्छ। 
 
मिति: September 30 (Wednesday) 
समय: साँझ 6:०० बजे 
स्थान: NST कार्यालय 
(2016 W. Grauwyler Rd, Irving, TX
          धन्यवाद,
  
     विजयराज भट्टराई 
         महासचिब
नेपाली समाज टेक्सास (NST)