हिमालय खबर संबाददाता, ड्यालस (अमेरिका) । अमेरिकाको ड्यालस-फोर्थवोर्थमा बसोबास गर्ने नेपालीहरुको संस्था नेपाली समाज नर्थ ड्यालसको संयोजनमा आउँदो आइतबार स्वास्थ शिविर आयोजना हुने भएको छ । संस्थाका अध्यक्ष बादल भुजेलले हिमालय खबरलाई दिनुभएको जानकारी अनुसार टेक्ससको ड्यालस, फोर्टवर्थ क्षेत्रमा बसोबास गर्नुहुने नेपाली चिकित्सकहरु डा.मन्दिप आचार्य र डा.शर्मिला श्रेष्ठ एवं नर्सहरु कमला अधिकारी र धन न्यौपानेको…