हिमालय खबर टेक्सास I टेक्सासको ड्यालस क्षेत्रमा रहेका नेपालीहरुलाई प्रत्यक्ष सेवा दिने उद्धेश्यले बरिष्ठ अधिवक्ता खगेन्द्र क्षेत्रीसंग टिपीएस सम्बन्धी जानकारी मुलक कार्यक्रम हुने भएको छ । एनआरएन टेक्सास च्याप्टरको पहलमा स्थानिय बिभिन्न संस्थाहरुको सहकार्यमा हुन लागेको कार्यक्रममा बरिष्ठ अधिवक्ता क्षेत्रीले टिपीएस सम्बन्धी जानकारी दिनुका साथै फारम भर्ने ब्यवस्था समेत रहेको जनाइएको छ । नेपालमा आएको महाभुकम्प पश्चात…