मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली मन्दिरमा आज विशेष (भिडियो सहित)

नेपाली मन्दिरमा आज विशेष (भिडियो सहित)


ड्यालस (अमेरिका) – गत जनवरी २३ देखि ड्यालसको नेपाली मन्दिर(NCSC)मा सुरु श्रीस्वस्थानी व्रतकथा अन्तरगत आज साँझ भजनकिर्तन सहित प्रसाद कार्यक्रम रहेको छ। 
 
आज सोमबार साँझ ६ देखि ७ बजेसम्म पशुपतिनाथ तथा बुद्ध मन्दिरमा हुने कथा वाचन सहितको प्रसाद कार्यक्रम राखिएको छ। यो कार्यक्रमका लागि स्थानीय रुपमा परिचित हरि थापा, राम पोखरेल, टीका पौडेल, प्रमिला केसी, दीपक पोखरेल र सबिता न्यौपाने रहनुभएको छ।
अरु दिन भन्दा आजको कार्यक्रम विशेष भजन कृतन हुने भएकाले ड्यालस, फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुनका लागि मन्दिरका गुरु डा शेखर पण्डितले विशेष आग्रह गर्नुभएको छ।
 
नेपाली कला, संस्कृतिको जगेर्ना गर्ने क्रममा विभिन्न चाडपर्वहरु मनाउनुका साथै प्रत्येक आईतबार सत्य नारायण पुजा, व्रतकथा, पुराणहरुको समेत मन्दिरले वाचनको व्यबस्था गर्दै आएको छ। 
 
ड्यालस/फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने  नेपाली भक्तजनहरुमा कथा वाचन, भजनकिर्तन सहितको प्रसाद कार्यक्रममा उपस्थित भइदिनुहुन समाजसेवी हरि थापा र टिका पौडेलले सबैमा हार्दिक निमन्त्रणा  गर्नुभएको छ ।