मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ब्लड डोनर्स अफ अमेरिका र सोसाईटी अफ अमेरिकन-नेप्लिज नर्स को संयुक्त प्रथम रास्ट्रिय सम्मेलन हुने

ब्लड डोनर्स अफ अमेरिका र सोसाईटी अफ अमेरिकन-नेप्लिज नर्स को संयुक्त प्रथम रास्ट्रिय सम्मेलन हुने


ब्लड डोनर्स अफ अमेरिका बि.डि.ए.) र सोसाईटी अफ अमेरिकन–नेप्लिज नर्स (सान) को संयुक्त  तत्वावधानमा  उक्त सस्थाहरुको प्रथम रास्ट्रिय सम्मेलन (कन्भेन्सन) आगामी मे महिनाको मेमोरियल डे सप्ताहान्त((मे २७-२९ ) मा ड्यालस  टेक्सासमा सम्पन्न हुन् लागेको छ । उक्त सम्मेलनमा अमेरिकाको पचासवटै राज्यहरुबाट बि.डि.ए. का राज्य कमिटिहरुका पदाधिकारीहरु, रक्तदाता र सानको तीन वटा च्याप्टरहरुबाट गरि उल्लेख्य सहभागिता हुने कुरा जनाईएको छ । उक्त सम्मेलनलाई व्यवस्थित गर्नको लागि बनेको आयोजकहरुको संयुक्त  बैठक जनवरी ३०, २०१६ का दिन टेक्सस राज्य ड्यालस बसेको थियो ।  नेपालीहरुका लागि सरल जीवनयापन, रोजगारी अवसर र व्यवसायको निम्ति अमेरिकाका अन्य राज्यहरु भन्दा टेक्सास  सहज भएको कारणले यस राज्यमा नेपालीहरुको आकर्षण बढ्दै गएको छ ।  उक्त परिवेश  तथा नेपाली  घनत्वलाइ ध्यानमा राखी हुन् गैरहेको सम्मेलनले नेपाली समाजमा अर्को चहल पहल बढाउने अनुमान गरिएको छ 
ब्लड डोनर्स अफ अमेरिका र सोसाईटी अफ अमेरिकन-नेप्लिज नर्स को संयुक्त प्रथम रास्ट्रिय सम्मेलन: मे २७-२९    
 
कन्भेन्सन अध्यक्ष डा. नन्द रेग्मीका अनुसार उक्त संयुक्त सम्मेलनमा रक्तदान एवं स्वास्थ्य परिक्षणका अलावा पेशागत गोष्ठी लगायत विभिन्न कार्यक्रमहरु जस्तै "रक्त दान जीबन दान" कविता प्रतियोगिता, खेलकुद,सांस्किृतिक कार्यक्रमहरु, मेडिटेशन, जस्ता कार्यक्रमहरु पनि समावेश गरिएका छन । अध्यक्ष डा. रेग्मीका अनुसार सम्मेलनलाई उपयोगी, ज्ञानबर्दक, मनोरन्जनात्मक एबम प्रभावकारी बनाउने हेतूले  विभिन्न कार्यक्रमका संयोजकहरु चयन गरिएका छन । संयोजकहरुः जीवराज बूढा/सीता पाण्डे/केमिका भण्डारी (खेलकुद), नेत्र पाण्डे/लक्ष्मी शर्मा पन्त (सांस्कृतिक), बलराम पौडेल (लजिष्टिक्स्), डा. बिष्णु फूयांल/तिलक श्रेष्ठ (मेडिटेशन), डा द्रोण गौचन/डा. संजीव श्रेष्ठ (रक्तदान एवं स्वास्थ्य परिक्षण), राम पोख्रल/उत्तम लामिछाने (गैह्र–आवाशिय नेपाली संघ/संस्था), डा. मेघनाथ पराजुली (प्रोफेशनल नेट वर्किङ्ग), शिव काफ्ले/ इरा आचार्य (अतिथि सत्कार एवं व्यवस्थापन), मनिश शाक्य/सुदर्शन पाठक (कन्भेन्सन रजिष्ट्रेशन), डा. रमेश खनाल (स्मारिका प्रकाशन), समिर ज्ञवाली (हाजिरी जवाफ प्रतियोगिता), बाशु शर्मा/सुनिता बस्नेत (कविता प्रतियोगिता ), गंगा थापा / संगीता जोशी (चियापान/खाना ), बिकाश राज न्यौपाने /लीला श्रेष्ठ (मेडिया /प्रचार), महेस्वोर पन्त (सी.डी. प्रोडक्सन ), जीवन घिमिरे (भोलनटिएर), र अजय सत्याल ( बि.डि.ए AGM) रहनु भएको छ 
सानको टेक्सास अध्यक्ष सरिता के.सी.का अनुसार उक्त सम्मेलनमा सानले संयुक्त आयोजकको रुपमा काम गर्ने भएको छ । “नेपालीलाई स्वस्थ्य सम्बन्धि चेतना जगाउने क्षेत्रमा हामी कार्यरत छौं ।” –उनले भनिन । अमेरिका रहेका नेपाली मूलका नर्सहरुलाई ऐक्यबद् गर्ने गरि सन् २०११ मा यो संस्थाको गठन भएको हो । अहिले सम्म संस्थाले क्यालिफोर्नियाको सान् फ्रन्सिस्को र लस एन्जलस एवं टेक्सासको डालस च्याप्टर गठन गरिसकेको छ । वासिङ्टन डि.सी. मा रहेकी नेपाली नर्स मञ्जु कार्की संग्रौलाले अमेरिकामा रहेका नेपाली नर्सहरुलाई एकजुट गराउने कार्यको शुरुवात गरेकी हुन । टेक्सास च्याप्टरमा ९ जनाको कार्यकारी समिति छ । यो च्याप्टरको स्थापना गत वर्ष नेपालमा महाभुकम्पको समयमा सहयोग गर्नको लागि भएको हो । अमेरिकामा झण्डै दई हजार नेपाली नर्सहरु रहेको अनुमान के.सी. को छ ।
 
अमेरिकाका बिभिन्न राज्यहरुबाट सम्मेलनमा सहभागी हुने भएकोले उक्त सम्मेलनलाइ सहयोग पुर्याउन तथा  सफल बनाउन सबै टेक्सास बासी समुदायमा आयोजकहरुले अनुरोध पनि गर्नु भएको छ