मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लसएन्जलस क्यालिफोर्नियामा सोनाम ल्होछारको एकरुपता (फोटो फिचर )

लसएन्जलस क्यालिफोर्नियामा सोनाम ल्होछारको एकरुपता (फोटो फिचर )


डोल्मा लामा / शंकर वाग्ले – हिमालयखबर सवाददाता-
लसएन्जलस (अमेरिका) – फेब्रुअरी ८ का दिन २८५२ औ सोनाम ल्होछार  टे (माकर) बाँदर बर्षको शुभ अवसरमा सम्पूर्ण  लस एन्जल्सबासीले नेपाली   तामाङ समुदायको  महान सास्कृतिक  पर्व ल्होछारलाई एक कार्यक्रमका साथ सम्पन्न गरियो  ।
 
विशेषगरि ल्होछार लाई समुदायमा सुसम्बन्ध क़ायम गराउने तथा एक अर्काबिच एकरूपताको भावना जागृत गराउने मुख्य उध्येश्यका साथ गरिने सांस्कृतिक चलन हो । ल्होछार नेपाली समुदायको लागि एक सार्बजनिक  बिशिष्ठ संस्कृति हो ।  विभिन्न सामाजिक मान्यताहरु बिच एकत्व र एकत्वमा ढंगले आफ्नो संस्कृति संरक्षण गर्नु तथा संस्कृति जोगाउनु समुदायको अहम भुमिका  पनि हो। विशेष गरि यस दिनलाई औपचारिक रूपमा नयाँ वर्ष लागेको वा ल्होछार  रूपमा मान्ने गरिन्छ ।
२८५२ औ सोनाम ल्होछार  टे (माकर) बाँदर बर्ष
 
सांस्कृतिक पर्व सोनाम ल्होछार धर्मको आधारमा मानिने र पात्रो बमोजिम भन्ने हो भने तामाङ समुदायले २८५२ वर्ष भन्दा पहिला देखि नै सोनाम ल्होछारको रुपमा मान्दै आएको ठहरिन्छ ।
 
 यस सोनाम ल्होछारको  अबसरमा सम्पुर्ण  सोनाम ल्होछारप्रेमी बौद्ध धर्म लम्बि हरुलाई नयाँ साल सोनाम  ल्होछारमा बिशेसगरी कार्यक्रममा उपस्थित सबैको जीवनमा  हर्ष, उमंग, नयाँ जोश जाँगरले  छाओस् ,हाम्रो देश नेपालमा शान्ति सुब्यबस्था कायम होस् ,सबै जनाजातिले आफ्नो पहिचान सहित नेपाली भनेर गौरब गर्ने स्थान रहोस, देश बिदेशमा छरिएर बस्नु हुने सबै नेपालीहरुले नेपाली भएर खुसीका साथ मन मस्तिष्कमा र मन मुटुमा राष्ट्रियता बोकेर बाच्न पाईयोस् भन्ने सन्देशका साथ वुद्धिष्ट सोसाइटी अफ क्यालिफोर्नियाका संस्थापक संयोजक एवं क्यालिफोर्निया लसएन्जल्स बासी तामाङ समुदायको स्थानीय समाजसेवी अग्रज राम लामाले सम्बोधन गरि   एक अर्का बिच शुभकामना आदानप्रदान गरि  सोनाम ल्होछार  २०१६ सम्पन्न गरियो  
 
सोमबारको कार्यक्रममा लस एन्जलस र वरिपरिका नेपाली समुदायको बाक्लो   सहभागिता थियो ।