मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पर्वतारोही तथा समाजसेवी पासाङ्गलाई कोलोराडोमा सम्मान(फोटो फिचर)

पर्वतारोही तथा समाजसेवी पासाङ्गलाई कोलोराडोमा सम्मान(फोटो फिचर)


नातिबाबु भट्ट
कोलोराडो (अमेरिका) फ्रेबुअरी १३- नेसनल ज्योग्राफीले प्रदानगर्ने “पिपुल्स च्वाईस एडभेन्चरर् अफ द एयर २०१६” जित्न सफल साहसिक पर्वतारोही तथा समाजसेवी पासाङ्गल्हामु शेर्पा अकितालाई कोलोराडोमा सम्मान गरिएको छ । 
 
उहांको साहसिक क्रियाकलापले नेपाल र नेपालीको शिर विश्वमा उच्च राख्न सफल भएको भन्दै कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था नेपालीघरको आयोजनामा शनिबारका एक समारोहका बिच सम्मान गरिएको हो ।डेन्भर स्थित याक एण्ड यती रेष्टुरेन्टमा हालै दिबंगत भएका पूर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति सुशिल कोईरालाको संझनामा एक मिनेट मौनधारण पछि सुरु भएको कार्यक्रकमा  कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, बुिद्धजिवी, व्यवसाही, कलाकार, पत्रकार, समाजसेवी, गन्यमान्य, नेपाली घरका पदाधिकारी तथा सर्ब साधारणको बाक्लो उपस्थिती  रहेको नेपाली घरका अध्यक्ष योगराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका महासचिव तथा कार्यक्रम संञ्च्ाँलक लक्ष्यमण रानाले उपस्थित सबैलाई आºनो परिचयको साथै  शुभकामना तथा बधाई दिने मौका प्रदान गरेका थिए । वक्ताहरु सबैले पासाङ्गका क्रियाकलापले नेपाल र नेपालीको शिर विश्वमा उच्च राख्न सफल भएको, आज नेपालीको छाती गर्वले फूलेको भन्दै, आगामी दिनमा उनको उत्तरोत्तर प्रगतीको कामना गरेका थिए ।
 
शुभकामना मन्तव्य पछि पासाङ्गलाई संम्पूर्ण कोलोराडो बासिका तर्फबाट नेपाली घरका अध्यक्ष योगराज गौतमले खादा पहिराई संस्थाको मानार्थ सदस्यता प्रदान गरेर सम्मान सुरु गरेका थिए । त्यस पछि उनलाई त्यहा उपस्थित संघ संस्थाका प्रतिनिधी, बुिद्धजिवी, व्यवसाही, कलाकार, पत्रकार, समाजसेवी, गन्यमान्य, नेपाली घरका पदाधिकारी तथा सर्ब साधारण सबैले खादा लगाई दिई सम्मान गरेका थिए । पन्ध्र बर्षको कलिलो उमेरमा बाबु आमा गुमाएकी सोलखुम्बु निवासी ३१ बर्षिया पासाङ्गले १९ बर्षको उमेर देखिनै पर्वतारोहण सुरु गरेकी थिईन् । सगरमाथा, केटु हिमालको सफलताका साथ आरोहण गरिसकेकी उनी नेपालको पहिलो महिला पर्वतारोही प्रशिक्षक समेत हुन् । पर्वतारोहण संगै समाज सेवामा पनि त्यत्तीकै सकृय पासाङ्गले नेपालमा हालै गएको भुकम्पबाट पिडितलाई ११ हजार भन्दा बढि कम्बल लगायत बन्दो बस्तिका सामान बितरण गरि विश्वकै एक नमुना महिला बन्न सफल भएकी छन् । 
 
कार्यक्रमको अन्त्यमा अध्यक्ष गौतमले नेपाली घरको निमन्त्रणलाई स्वीकार गरेर कार्यक्रममा उपस्थित भई संस्थाको कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने पासाङ्ग लगाएत सबैलाई धन्यबाद दिएका थिए ।