मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा सरस्वती पूजा धुमधाम संग सम्पन (फोटो फिचर)

अमेरिकामा सरस्वती पूजा धुमधाम संग सम्पन (फोटो फिचर)


हिमालय खबर संबाददाता-
टेक्सस (अमेरिका) फेब्रुअरी १३ – विद्याकी अधिष्ठात्री देबीका रुपमा मानिदै आएकी सरस्वतीको विशेष पूजाआजा सहित आज बिहान ड्यालसको नेपाली मन्दिरमा   (नेपाली संस्कृतिक एवंम् आध्यात्मिक केन्द्र NCSC भवन)  गुरुहरुव्दारा बिशेष मन्त्रोच्चारणका साथ विभिन्न  कार्यक्रम गरि सम्पन्न भएको छ । 
 
मन्दिरका गुरु मेघराज निरौला व्दारा सरस्वती स्तोत्रबाचन गराउने कार्यका साथै देवीको महीमाको बारेमा चर्चा गरिएको थियो भने सामुहिक स्तोत्र पाठ, बालबालीकाहरुको अक्षरारम्भ, सामुहिक भजनक्रितन एवम् प्रसाद वितरण गरि पूर्ण धार्मिक बिधी अनुसार सम्पन कार्यक्रममा लगभग २०० भन्दा बढी स्थानीय बालबालिका र अभिभावकहरुको सहभागीता थियो ।
 
मन्दिरले विगत ५ बर्षदेखि श्रीपञ्चमीका दिन यस प्रकारको कार्यक्रम गर्दै आएकोमा यस बर्षको कार्यक्रममा जनसमुदायको उल्लेख्य उपस्थिति हुनुमा नेपाली भाषापाठशालको संचालन र नेपाली समुदायको मन्दिर  प्रतिको अपनत्व भाव रहन गएको धारणा  NCSC का महासचिव सुरेश चन्द्र पोख्रेलले  हिमालय खबर संगको कुराकानीमा  बताए।  
 
श्रीपञ्चमीका दिन बालबालिकाहरुलाई अक्षरारम्भ गराउने हिन्दू धर्मसंस्कृतिको चलन नेपालमा रहदै आएकोमा बिदेशी भुमीमा पनि यसरी भव्यरुपमा कार्यक्रमको आयोजना हुनुमा नेपाली समाज टेक्ससव्दारा संचालित नेपाली भाषा पाठशाला र जनसमुदायको उल्लेख्य सहभागीताको बिशेष हात रहेको कुरा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामीछानेले बताए ।
 
  नेपाली भाषा, कला र संस्कृतीको जगेर्नाका लागि नेपाली बालबालिकाहरुलाई यस्ता पर्वहरुमा विशेष किसिमले सहभागिता गराउन सबै अबिभावकहरुले सहयोग गर्नु पर्ने बताउदै बालबालिकाहरुले प्रत्यक्ष रुपमा हेरेर सिक्न यस्ता सांस्कृतिक पर्बहरुले सहयोग गर्ने नेपाली संस्कृतिक एवंम् आध्यात्मिक केन्द्रका अध्यक्ष रमेश पोख्रेलले बताए 
 
परदेशमा पनि नेपाली आमसमुदायको यति ठूलो उपस्थिति र बिधीपूर्वक पूजा गरिएमा पहिलोपटक यस्तो कार्यक्रम देखेको भनि भरखरै बाल्टीमोरबाट टेक्सस आएका अविभावक गणेश बरालले प्रशंसा गरे भने भर्खरै नेपाल आउनु भएका चिरन्जीवी रिजालले सात समुन्द्र पारी पनि आफ्नो धर्मसंस्कृति जगेर्ना गर्न नेपाली समाजले खेलेको भूमिकाको बारेमा  हिमालयखबर संगको कुराकानीमा बताए।फोटो: हरि विष्ट