मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली मन्दिरमा सरस्वती पूजा हुँदै

नेपाली मन्दिरमा सरस्वती पूजा हुँदै


टेक्सस (अमेरिका)- विद्याकी अधिष्ठात्री देबीका रुपमा मानिदै आएकी सरस्वतीको विशेष पूजा आउँदो शनिबार ड्यालसको नेपाली मन्दिर  (नेपाली संस्कृतिक एवंम् आध्यात्मिक केन्द्र NCSC भवन) मा हुने भएको छ ।
 
मन्दिरका गुरु डा.शेखर पण्डितका अनुसार सरस्वती र विद्याको महत्वका बारेमा उक्त दिन स्थानीय बालबालिका र अभिभावकहरुलाई समेत प्रवचन दिने कार्यक्रम रहेको छ । मन्दिरले विगत ५ बर्षदेखि श्रीपञ्चमीका दिन यस प्रकारको कार्यक्रम गर्दै आएको छ ।
 
उक्त अवसरमा सामुहिक स्तोत्र पाठ, प्रसाद वितरण पनि हुनेछ । श्रीपञ्चमीका दिन बालबालिकाको अक्षर आरम्भ गराउने चलन हिन्दू धर्मसंस्कृतिमा रहँदै आएको छ । हिन्दू धर्मसंस्कृतिका बारेमा नेपाली बालबालिकालाई उक्त अवसरमा जानकारी दिइदै आएको छ । 
 
नेपाली मन्दिरले नेपाली पात्रो अनुसार बिभिन्न पर्वमा आफ्नो धर्म संस्कृतिका बारेमा समय समयमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ। 
 
नेपाली संस्कृतिक एवंम् आध्यात्मिक केन्द्रका महासचिब सुरेश चन्द्र पोख्रेलले हिमालयखबर संगको कुराकानीमा ड्यालस/फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने  सबै नेपालीभाषी सामुदाहिकहरुमा सरस्वती पूजामा  आ-आफ्नो  बालबालिका सहित  उपस्थीत हुन अनुरोध गर्नु भएकोछ ।