प्रकाश भए कवितामा प्रथम

ड्यालस (अमेरिका)- ड्यालस एभरेस्ट लायन्स क्लबको आयोजनामा आइतबार ड्यालसमा आयोजित कविता प्रतियोगितामा प्रकाश पाण्डे प्रथम भएका छन् ।   सो प्रतियोगितामा इश्वरी रिजाल दोस्रो र रूविना खनाल तृतीय भएका थिए । प्रतियोगितामा दुई दर्जन कवि कवयित्रीहरूले कविता वाचन गरेका थिए ।   प्रतियोगिताको सभापतित्व क्लबका अध्यक्ष राधाकृष्ण काफ्लेले गरेका थिए ।