मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकाको केही राज्यमा छापामारी गैरकानुनी रूपमा बसोबास गर्दै आएका आप्रावासी पक्राउ

अमेरिकाको केही राज्यमा छापामारी गैरकानुनी रूपमा बसोबास गर्दै आएका आप्रावासी पक्राउ


वासिङ्टन डिसी (अमेरिका)-  अमेरिकी इमिग्रेशन अर्थरिटीले यस साता करिब आधा दर्जन राज्यमा छापामारी  (रेड गरी ) सयौँ कानुनी रूपमा बस्ने कागजात विहिन आप्रावासीलाई पक्राउ गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा गत जनवरी अन्तिम साता जारी आप्रावासीसंग सम्बन्धित कार्यकारी आदेश पछि यसरी कागजात विहिन आप्रावासीलाई धरपकड गरिएको हो । 
 
अमेरिका बस्ने आधिकारिक कागजात विना गरैकानुनी रूपमा बस्दै आएका र अपराधमा संलग्नलाई खोजी गर्न यसरी छापा मारिएको भए पनि अपराध नगरेका समेत पक्राउ परेको वासिङ्टन पोष्टले संघिय अधिकारीलाई उदृत गर्दै समाचारमा जनाएको छ । पुर्व राष्ट्रपति बाराक ओबामाका वेलामा पनि यसरी छापा मारिएको भए पनि त्यसवेला यो खाली अपराधमा संलग्नलाई पक्राउ गरी देश निकाला डिर्पोटेशनका लागि गरिएको थियो । 
 
अहिलेको रेड अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका अनुमानित १ करोड १० लाखलाई फिर्ता पठाउने राष्ट्रपति ट्रम्पको नीतिमा केन्द्रित छ । गैरकानुनी रूपमा बस्ने मध्ये करिब ३० लाख अपराधमा संलग्न रहेको अनुमान छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानकै क्रममा पहिलो चरणमा यस्ता अपराध गरेका गैरकानुनी रूपमा बसोवास गर्दै आएका आप्रावासीलाई देश निकाला गर्ने घोषणा गरेका थिए । राष्ट्रपति भए लगत्तै ट्रम्पले ओबामा प्रशासनमा भएको व्यवस्था परिवर्तन गरी सामान्य अपराध गर्नेलाई पनि देश निकाला गर्ने नीति लिएका थिए ।
 
इमिग्रेशन अधिकारीले यस साता एटलान्टा, सिकागो, न्युयोर्क, लसएञ्जल्स, नर्थ क्यारिलोना, र साउथ क्यारिलोनाका कार्यस्थल, घर लगायतमा छापा मारी गैरकानुनी आप्रावासीलाई हिरासतमा लिएको जनाएका छन् । 
 
छिमेकी देश मेक्सिकोले आफ्ना नागरिकलाई विद्यमान परिस्थितिमा अमेरिका भित्र विशेष सतर्क हुन सुझाव दिएको छ । ६ वटा राज्यमा गरिएको यो छापामारीमा नेपाली परे नपरेको अहिलेसम्म सार्वजनिक भएको छैन । पक्राउ पर्नेमा अधिकांश ल्याटिन अमेरिकी देशका नागरिक रहेको संचारमाध्यमले जनाएका छन् ।  
 
आप्रावासी सम्वन्धि मामिला हेर्ने निकाय डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) प्रवक्ता जिलियन क्रिस्टेसन्ले अहिलेको रेडलाई नियमित भएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार सोमबार सुरु भएको रेड शुक्रवार दिउसो समाप्त भएको थियो, यस क्रममा दर्जन ल्याटिन अमेरिकी देशका नागरिक फेला परेका छन् । 
 
डीएचएसले जानकारी दिए बाहेक अन्य क्षेत्रमा पनि रेड गरिएको  इमिग्रेशन अधिकारवादीको दाबी छ । उनीहरूका अनुसार फ्लोरिडा, केन्सस, टेक्सस र नेर्थ भर्जिनियामा पनि रेड गरिएको छ । यस क्षेत्रमा नेपालीहरू पनि बसोबास गर्छन् । अपराधमा संलग्न नभएका समेत रेडका क्रममा पक्राउ परेकामा आप्रावासी समुदायमा चिसो पसेको छ । इमिग्रेसन अधिकारवादीले यो रेडको विरोध गरेका छन् ।
 
 रेडका क्रममा इमिग्रेशन एण्ड कस्टमस् इर्फोस्मेण्ट (आईसीई) का अधिकारीले बिहीबार घर र कार्यस्थलमा केही घण्टा घेरावन्दी गरी कयौँलाई हिरासतमा लिएको इमिग्रेशन अधिकारवादीले जनाएका छन् । आईसीईका फिल्ड डाइरेक्टर डेभिड मारिनले संवाददाताहरुसंगको कुराकानीमा एक वर्ष भन्दा बढी जेल संजाय पाउने अपराधमा संलग्न १ सय ६० लाई पक्राउ गरेको जानकारी दिएका थिए । सम्बन्धित अधिकृतका अनुसार यस मध्ये ३७ जनालाई मेक्सिको डिर्पोट गरिएको छ । 
 
टेक्सस अस्टिन स्थित सपिंग सेन्टरमा आईसीई एजेण्टले रेड गरिरहेको भिडियो सामाजिक सञ्जालमा राखिएको थियो । टेक्सस लगायत केही राज्यका सर्वसाधारण हिड्डुल गर्ने केही स्थानमा आईडी चेक गरिएको पनि जनाईएको छ ।  वैधाननिक रूपमा अमेरिका बस्न र काम गर्न पाउने कागजात नभएका र एक वर्ष भन्दा बढी जेल संजाय हुने खालका अपराधमा संलगनलाई अभियानका साथ फिर्ता पठाइने राष्ट्रपति ट्रम्पले बताउँदै आएका छन् । २० लाख भन्दा बढी यस्ता व्यक्ति रहेको अनुमान छ । यो खर्चिलो र व्यवहारिक रूपमा झन्झटिलो पनि छ ।
 
इमिग्रेशनवारेमा परामर्श दिइरहेका कानुन व्यवसायीले यदि अमेरिका बस्ने वैधानिक कागजात छैन भने केही समय सतर्क हुन सुझाव दिएका छन् । यसरी गैरकानुनी रूपमा बस्नु पहिला र अहिलेपनि उचित नभएको हुदां कुनै वैकल्पिक उपाय सोच्नु पर्ने कानुन विज्ञहरुको सुझाव छ ।  
 
राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेकै साता हस्ताक्षर कार्यकारी आदेशमा ७ वटा मुस्लिम देश सिरिया, इराक, इरान, सोमालिया, सुडान, लिविया र यमन वाट आउनेलाई तिन महिना अस्थायी प्रतिबन्ध लगाउने, मेक्सिको सीमामा पर्खाल निमार्ण, गैरकानुनी रूपमा अमेरिकामा पस्न र बस्न खोज्नेलाई कडाई गर्ने उल्लेख छ । हाललाई अदालतले यो कार्यकारी आदेशलाई रद्द गरेको छ ।
 
गैरकानुनी रूपमा वस्नेलाई फिर्ता पठाउने कुनै नयाँ होइन । यसअघिका राष्ट्रपति बाराक ओबामाको आठ बर्षे कार्यकालमा पनि वार्षिक सरदर ४ लाख गैरकानुनी आप्रावासीलाई अमेरिकाले फिर्ता पठाएको थियो । यसमा वार्षिक झण्डै २ सयजति नेपालीपनि थिए । यसैले गैरकानुनी आप्रावासीलाई फिर्ता पठाउने निरन्तर प्रकृया हो । 
 
अमेरिकामा मेक्सिको सिमावाट गैरकानुनी रूपमा आउने विदेशीलाई रोक्न त्यहां पर्खाल लगाउने कार्यकारी आदेशमा उल्लेख छ । यो ट्रम्पको चुनावी एजेण्डामा नै थियो । तर, पर्खाल वन्न केही समय लाग्ने भए पनि सिमा सुरक्षामा जनशक्ति र स्रोत थपिएको छ । फोटो: सामाजिक संजाल 

शेयर गर्नुहोस:

0
Shares