मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

डोनाल्ड ट्रम्पविरुद्ध मेक्सिको सहरमा प्रदर्शन

डोनाल्ड ट्रम्पविरुद्ध मेक्सिको सहरमा प्रदर्शन


मेक्सिको सिटी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पको आप्रवासी नीति र मेक्सिकोको सीमामा पर्खाल लगाउन मेक्सिकोले नै रकम लगाउनुपर्ने अडानको विरोधमा मेक्सिकोमा हजारौँ व्यक्तिले प्रदर्शन गरेका छन् । 
 
मेक्सिकोको एकदर्जनभन्दा बढी सहरमा सो प्रदर्शन भएको बताइएको छ । मेक्सिको सिटीलयागत देशका अन्य सहरमा विरोध प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मेक्सिको झन्डा बोकेका प्रायः व्यक्तिले सेतो लुगा लगाएका थिए ।  
 
प्रदर्शनमा सहभागी व्यक्तिले अङ्ग्रेजी र स्पेनी भाषामा लेखिएको झन्डा बोकेका थिए । 
 
मेक्सिकाली जनताले निकालेको यो जुलुस शान्तिपूर्ण रहेको थियो । एकजना प्रदर्शनकारीले बोकेको प्लेकार्डमा डोनाल्ड ट्रम्पलाई सङ्केत गर्दै ‘तिम्रो दुस्साहसलाई विश्वका धेरै व्यक्तिले घृणा गर्छन्’ भनेर लेखिएको थियो ।
 
सो प्रदर्शनको क्रममा अमेरिकी राष्ट्रपतिलाई मेक्सिकोको सम्मान गर्नसमेत माग गरिएको थियो । रासस / एपी