हिमालय खबर संबाददाता,
ड्यालास टेक्सस(अमेरिका)- इन्द्रेणी सांस्कृतिक संघ, अर्भिंग, टेक्ससको आयोजनामा हिजो फेब्रुअरी ११, शनिबार एक अपूर्व अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो। अन्तिम (मृत्यु) संस्कार अध्ययन, सुधार, सुझाव र आवश्यकता अन्तरक्रिया नाम दिइएको उक्त अन्तरक्रिया कार्यक्रमका प्रमुख बक्ता “संस्कार सुधार समाज” नेपालको उपाध्यक्ष तथा इलाम क्याम्पस का पूर्व क्याम्पस प्रमुख प्राध्यापक धरणी प्रसाद गौतम हुनुहुन्थ्यो।
मृत्यु संस्कार हाल सम्म १३ दिनको रहदै आएपनि उक्त “संस्कार सुधार समाज” ले गरेको लामो अध्ययन ले हाम्रो हिन्दु धर्म शास्त्रमा बताए अनुसार का हाल सम्म १३ दिन लगाएर गर्दै आइएको मृत्यु क्रिया-कर्म ५ मा गर्न सकिने निस्कर्ष निकालेको थियो। सोहि निस्कर्ष मा आधारित भएर संस्कार सुधार समाज,नेपालद्वारा प्रकाशित “५ दिने अन्त्य पद्दति” नामक पुस्तक र आफु संग रहेको सामग्री मार्फत १३ दिनको सट्टा ५ दिनको बिकल्प उक्त कार्यक्रम मा प्रमुख बक्ताले प्रस्तुत गर्नु भयो।
अन्य बक्ता का रुपमा पशुपति बौद्ध मन्दिर ड्यालासका मूल पण्डित डाक्टर शेखर पण्डित र पण्डित रामचन्द्र पाण्डे हुनुहुन्थ्यो। अमेरिकामा आफ्नो जानाकारीमा अन्तिम संस्कार सम्बन्धि पहिलो पल्ट कार्यक्रम भएको बताउदै पशुपति बौद्ध मन्दिर ड्यालासका मूल पण्डित डाक्टर शेखर पण्डित ले आयोजक प्रति आभार व्यक्त गर्नुभयो। दुवै अतिथि बक्ता पण्डीतहरुले मृत्यु र मृत्यु क्रिया-कर्म मा हिन्दु धर्म शास्त्र को कथन तथा हाम्रो ब्यबहारको निकै रमाइलो अनुभवहरु सुनाउनु भयो।
झन्डै सय दर्शक माझ भएको उक्त कार्यक्रम लगभग साढे ३ घण्टा चलेको थियो। उक्त कार्यक्रम को अन्तरक्रिया मा बक्ताहरुको जवाफ बाट सहभागी त्यति सन्तुष्ट नभए पनि अन्तरक्रिया भने निकै रमाइलो भएको थियो। इन्द्रेणी सास्कृतिक संघका अध्यक्ष तारा भुषालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम को संचालन उपाध्यक्ष बेदनिधि दाहालले गर्नुभएको थियो।
प्रतिक्रिया