मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

हिमपात र अत्यन्त चिसोका कारण १४ को मृत्यु

हिमपात र अत्यन्त चिसोका कारण १४ को मृत्यु


अफगानिस्तान । अफगानिस्तानको उत्तरी क्षेत्रमा गत २४ घन्टायता परेको हिमपातका कारण भएको अत्यन्त चिसोका कारण १४ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 
 
यस प्रकोपबाट मृत्यु हुनेमा दुईजना बालबालिकासमेत रहेका छन् । अधिकारीहरुका अनुसार जावजान प्रान्तमा हिमपात र अत्यन्त चिसोका कारण १० व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी छिमेकमा पर्ने प्रान्त सरिपुलमा भएको यस प्रकोपमा परी चार व्यक्तिको मृत्यु भएको छ । 
 
गत २४ घन्टाभित्र भएको भारी हिमपातका कारण ती १४ व्यक्तिले ज्यान गुमाएका जिल्ला गभर्नर रहमतुल्लाह हसारले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ । 
 
जावजान प्रान्तको छिमेकमा पर्ने सरिपुल प्रान्तमा अन्त्यन्त चिसो र हिमपातबाट दुई बालबालिकासहित थप पाँच व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन अधिकारी अजिज रहमानले जानकारी दिएका छन् । 
 
त्यसैगरी यस प्रकोपबाट उत्तरी प्रान्त बदाख्सान चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य आठ घाइते भएका बताइएको छ । 
 
युद्धले तहसनहस बनाएको यस देशमा अति चिसोका कारण गत दुई हप्तायता १५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । रासस र सिन्ह्वा

शेयर गर्नुहोस:

0
Shares