मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मतदानपछि अध्यक्ष ओलीले भने, “निर्वाचन शान्तिपूर्ण”

मतदानपछि अध्यक्ष ओलीले भने, “निर्वाचन शान्तिपूर्ण”


भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्णरुपमा सञ्चालन भइरहेको बताएका छन् ।  
 
आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, “देशभरको अवस्था हेर्दा आमरुपमा निर्वाचन शान्तिपूर्ण र निर्वाधरुपमा भइरहेको छ, र यसैगरी सम्पन्न हुनेमा म विश्वस्त छु ।”
 
उनले अर्को एक प्रसङ्गमा मङ्सिर १५ गतेभित्रै देशले एमालेको नेतृत्वमा नयाँ सरकार पाउने दाबी पनि गरेका छन् । यसवर्ष मतगणना छिटो सम्पन्न हुने भएकाले मङ्सिर १५ गतेभित्रै देशले नयाँ सरकार पाउने उनको भनाइ छ । 
 
अध्यक्ष ओलीले भने, “यो निर्वाचन देशका लागि महत्त्वपूर्ण निर्वाचन हो, यही निर्वाचनले देशलाई सकारात्मक बाटोमा अगाडि बढाउँछ भन्ने विश्वास गरेको छु । त्यसैले मतदान गर्न बाँकी भएका सबै मतदाताले आफूलाई मन परेको दल र नेतालाई मतदान गर्न आग्रह गर्दछु ।”
 
ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । रासस