मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रधानमन्त्री देउवाद्वारा गृहजिल्ला डडेल्धुरामा मतदान

प्रधानमन्त्री देउवाद्वारा गृहजिल्ला डडेल्धुरामा मतदान


डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा मतदान गरेका छन् । 
 
उनले गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा आइतबार बिहान मतदान गरेका हुन् । प्रधानमन्त्री देउवाले सोही मतदान केन्द्रमा रहेको विद्यालयमा अध्ययनसमेत गरेका थिए । 
 
नेपाली कांग्रेसका तर्फबाट डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका देउवा निर्वाचनअघि दुई पटक डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा चुनावीसभामा सहभागी भएका थिए ।
 
विसं २०४८ बाट डडेल्धुरादेखि निरन्तर चुनाव जित्दै आएका प्रधानमन्त्री देउवा अहिले सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका छन् । रासस