मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

आज चुनाव: म्याजिक नम्बर १३८

आज चुनाव: म्याजिक नम्बर १३८

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिनिधि सभा र देश सभाका लागि आइतवार हुने निर्वाचनमा करिव १ करोड ७९ लाख ८८ हजार मतदाता रहेका छन् । यस मध्ये कयौ विदेशमा रहेकाले मतदिनेको संख्या भने यसभन्दा कम हुने छ । अहिले सम्म विदेशमा रहेका नेपालीलाई भोट हाल्ने मौका दिईएको छैन ।
 
मतदाताले मतदान केन्द्रमा उपस्थित भई प्रमाण सहित प्रकृया पर्याएर चारवटा मतपत्रमा छाप लगाउन अर्थात भोट हाल्न पाउने छन् । मतदान केन्द्रमा बृद्ध, असक्त, अपागंलाई प्रथामिकता दिइने जनाईएको छ । देशभर जम्मा २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ ।  यस्तै १ सय ४१ अस्थायी मतदान केन्द्र र १० हजार ८९२ मतदान स्थल तोकिएको छ । मनागंका ४ मतदान केन्द्रमा १ सय भन्दा कम मतदाता छन् । मनागं सवैभन्दा कम मतदाता रहेको जिल्ला हो । मतदान व्यवस्थापनका लागि २ लाख ४६ हजार भन्दा वढी कर्मचारी खटाइने छ । यी कर्मचारीले ने मतगणना गर्ने छन् ।  
 
निर्वाचन क्षेत्रको सवै मतपेटीका तोकिएको स्थलमा ल्याई उम्मेदवारका प्रतिनिधिको रोहवरमा गणना गरिने छ ।
 
यस पटक चुनाववाट प्रतिनिधि सभाका लागि २ सय ७५ जना सांसद चुनिने छन् । जसमध्ये प्रत्यक्ष निर्वाचन प्रणालीवाट १६५ जना सांसद चुनिने छ । प्रत्यक्ष चुनावमा निर्वाचन क्षेत्रमा जसले वढी मत पाउंछ  उ नै सांसद निर्वाचित हुने छन । सातै प्रदेशमा गरी प्रदेशसभामा ५५० जना प्रदेशसभा सांसद चुनिने छन् ।
 
प्रतिनिधि सभाका कारण प्रदेश सभाको चुनाव यस पटक केही ओझेलमा परेको छ ।
 
प्रतिनिधिसभामा १३८ जना सांसदको समर्थन जुटाउने व्यक्ति वा पार्टीले सरकार वनाउने छन् । यसले १३८ म्याजिक नम्बर हो । सत्तारुढ पार्टी नेपाली कांग्रेसले विभिन्न पार्टीसंग गठवन्धन गरेको छ । यो गठवन्धनले बहुमत ल्याउने दावी गरेको छ । तर, नयां पार्टी र स्वतन्त्र उम्मेदवारका कारण गठवन्धनले म्याजिक १३८ नम्बर ल्याउन सजिलो छैन ।
 
अर्को ठुलो पार्टी एमाले पनि अन्य पार्टीसंग गठवन्धन गरेको छ । तर यो पार्टीका लागि पनि १३८ को म्याजिक नम्बर पुर्याउन कठिन देखिन्छ । एमालेको गठवन्धन भने सत्तारुढ पार्टीको जस्तो बृहत भने छैन । कांग्रेस र एमाले दुवैले सरकार वनाउन यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टी वा नयां पार्टी वा स्वतन्त्रको सहयोग लिनुपर्ने
सातै प्रदेशको प्रदेश सभामा पनि प्रत्यक्ष र समानुपातिकवाट आउने संसद मध्ये बहुमत जुटाउने व्यक्ति वा पार्टीले सरकारको नेतृत्व गर्ने छ ।
 
प्रत्यक्ष निर्वाचनमा जितहारले मात्र सरकार कसले वनाउंछ भन्ने निर्धारण हुने छैन । प्रत्यक्षमा सानो मतले पनि जितहार हुने गर्छ । त्यसका लागि समानुपातिकमा कुन पार्टीले कति मत ल्यायो त्यो पनि पर्खिनु पर्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सकृयता, नयां पार्टी र स्वतन्त्रका कारण पुराना सत्तारुढ पार्टीले पाउने मत बांडिने देखिन्छ । यस आधारमा यो निर्वाचनको स्पष्ट नतिजा आउन करिव एक साता लाग्ने देखिन्छ ।
 
समानुपातिकमा भने खसेको मतका आधारमा राजनीतिक पार्टीलाई सिट बांडफांड गरिने छ । स्वतन्त्र रुपमा उठेकाले भने सामानुपातिकमा कुनै भाग पाउने छैनन् । समानुपातिकमा चुनिने सांसदका लागि राजनीतिक पार्टीले यस अघिनै निर्वाचन आयोगलाई सुची पठाईसकेका छन् ।
 
 आइतवार सांझ निर्वाचन सकिने छ । सोमवार विहानसम्म केही स्थानवाट प्रारम्भिक मतगणनाको नतिजा आउन थाल्ने छ । पहिले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको भोट गनिने निर्वाचन आयोगले जनाएको छ । सानो मतपत्र भएका कारण यो मतगणना छिटो सकिने आयोगले  जनाएको छ । त्यस पछि समानुपातिकको मतगणना गरिने छ ।
 
यस पटक निर्वाचनमा आम मतदातालाई कसलाई रोज्छन् यो महत्वपुर्ण छ । यो निर्वाचनले शेरबहादुर देउवा प्रधानमन्त्री निरन्तर हुन्छन् वा गठवन्धन भत्किएर नयां व्यक्तिले सरकार वनाउंछन भन्ने निर्धारण गर्ने छ ।
 
कांग्रेस सभापती देउवालाई यस पटक पार्टी भित्र पनि चुनौती थपिएको छ । युवालाई नेतृत्व सुम्पनुपर्छ भन्ने व्यापक दवाव छ । सरकार वनाउने क्रममा केही नयां समिकरण भन्ने र हालको भत्किने संभावना देखिएको छ ।