मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो : डा कोइराला

लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो : डा कोइराला


मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ६ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा शेखर कोइरालाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको बताएका छन् ।
 
डा कोइरालाले आइतबार बिहान आदर्श माध्यमिक विद्यालयमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अहिले भइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माध्यमबाट संविधानको रक्षा, राजनीतिक स्थरिता र भ्रष्टाचार न्यूनीकरण र शासन कायम हुने धारणा राखे ।
 
नेता कोइरालाले कांग्रेसको नेतृत्वमा आगामी दिनमा गठबन्धनको सरकार निर्माण हुने र कांग्रेसको नेतृत्वको दाबेदारी रहने बताए । उनले निर्वाचनको परिणामपछि कांग्रेस कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा निर्णय हुने बताए । 
 
निर्वाचनपछि सुशासन दिने प्रष्ट पार्दै उनले भने  “हामी पारदर्शी, जनताप्रति जवाफदेही र भ्रष्टाचार न्यूनीकरण गर्न सकेनौँ भने सरकार परिवर्तन हुन्छ ।”
 
यसैबीच, मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेदवार डा शेखर कोइरालाले आदर्श माध्यमिक विद्यालय विराटनगर–७ मा आइतबार बिहान मतदान गरेका छन् । 
 
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा कोइरालाले सो विद्यालयको ‘ख’ केन्द्रबाट उनले मतदान गरेकाहुन् ।  
 
यसैगरी मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधिसभाका उम्मेदवार लालबाबु पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको मतदानस्थलमा मतदान गरे ।
 
एमालेका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले विराटनगर–५ कोचाखालस्थित श्री आधारभूत विद्यालयमा मतदान गरेका छन् । मोरङ क्षेत्र नं ४ ‘ख’बाट प्रदेशसभाका उम्मेदवार जीवन घिमिरेले विराटनगर–१० स्थित भानु आधारभूत विद्यालयमा मतदान गरेका छन् । रासस