मानवीय सेवामा समर्पित हुन मन्त्री सिंहको जोड

धादिङ । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले महाविपत्तिको वर्तमान घडीमा राजनीतिमा नभई मानवीय सेवामा सबै समर्पित हुनुपर्नेमा जोड दिनुभएको छ ।    धादिङको साङकोसमा विद्यालय भवन निर्माणमा खटिएका कञ्चनपुर काँग्रेसका स्वयम्सेवकहरूलाईसम्मान तथा बिदाई गर्दै उहाँले दुःख र पीडाले मुलुक मर्माहत भएका बेला राजनीतिबाट माथि उठेर मानव सेवामा केन्द्रित हुनुपर्ने बताउनुभयो…