मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धर्मेन्द्र झा राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७१ बाट पुरस्कृत

धर्मेन्द्र झा राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७१ बाट पुरस्कृत


काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित एक समारोहमा पत्रकार धर्मेन्द्र झालाई राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७१ बाट पुरस्कृत गरिएको छ ।  
 
पत्रकार झाका साथै पत्रकारत्रय कुसुम केशव पराजुली, तेजप्रकाश पण्डित र मेघराज शर्मालाई वरिष्ठ पत्रकार सम्मान–२०७१ बाट सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल र सचिव सुनिबहादुर मल्लले पुरस्कृत तथा सम्मान गर्नुभएको हो ।
 
पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा मन्त्री डा रिजालले भूकम्पपछिको विपत्मा आफ्नो पीडालाई बिर्सेर अहोरात्र खटिइ जनता समक्ष सूचना प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चार माध्यमलाई सहयोग गर्न सरकारले विशेष सहयोगको प्याकेज ल्याउने तयारी गरेको जानकारी गराउनुभयो ।
 
मन्त्री रिजालले विपत्मा पनि विश्राम लिन नपाउने पेसा पत्रकारिता क्षेत्रमा पनि भूकम्पबाट क्षति भएकाले सञ्चार मन्त्रालयबाट हुन सक्ने सहयोग मन्त्रालयबाट गरिने र त्यस बाहेकको सहयोग आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने बताउनुभयो । 
 
समारोहमा मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले जनतालाई सुसूचित गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा जनमुखी पत्रकारिताको माध्यमबाट मुलुकका लागि महत्वपूर्ण योगदान पु¥याएवापत सरकारले सो पुरस्कार प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
 
सचिव मल्लले पुरस्कृत तथा सम्मानित हुनुभएका सञ्चारकर्मीबाट सिङ्गो राष्ट्र र जनतालाई सूचना प्रवाहमा थप योगदान हुने आशा व्यक्त गर्नुभयो । समारोहमा पुरस्कृत हुने पत्रकार झा तथा सम्मानित हुने पत्रकारत्रय पराजुली, पण्डित, र शर्माले पुरस्कार तथा सम्मानबाट आफूहरूलाई जिम्मेवारी थपिएको महसुस गर्दै आगामी दिनमा थप उत्साहका साथ अघि बढ्ने बताउनुभयो । 
 
उहाँहरूले मुलुकको पत्रकारितामा रहेका समस्याका बारेमा चर्चा गर्दै आफूले पुरस्कार तथा सम्मानबाट प्राप्त गर्ने रकममध्ये केही भूकम्प प्रभावित क्षेत्रको पत्रकारिताको सहयोगमा खर्चिने जानकारीसमेत गराउनुभयो । 
 
समारोहमा राष्ट्रिय पत्रकार पुरस्कार सिफारिस समितिको तर्फबाट पत्रकार राजेश मिश्र र वरिष्ठ पत्रकार सम्मान सिफारिस समितिका तर्फबाट पत्रकार अनिता विन्दुले छनोट विधिका बारेमा जानकारी गराउँदै आगामी दिनमा गर्नुपर्ने सुधारका लागि सुझाव दिनुभयो ।
 
संविधानले प्रत्याभूत गरेको सूचनाको हकलाई कार्यान्वयन गर्ने सन्दर्भमा जनतालाई सुसूचित गर्दै पत्रकारिताको माध्यमबाट मुलुकलाई योगदान पु¥याएवापत सरकारले सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई राष्ट्रिय पत्रकारिता पुरस्कार २०६४ सालदेखि र वरिष्ठ पत्रकार सम्मान २०६६ सालदेखि प्रदान गर्दै आएको छ । दुवै पुरस्कार तथा सम्मानको राशि जनही रु दुई लाख रहेको छ । रासस