मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालको पहिलो कंक्रिट भवन भूकम्पबाट सुरक्षित

नेपालको पहिलो कंक्रिट भवन भूकम्पबाट सुरक्षित


कसरा, चितवन । बिनाशकारी भूकम्पले राणाकालमा बनेका देशको मुख्य प्रसाशनिक केन्द्र सिंहदरबारलगायतका लगभग सबै राणाकालीन दरबार र भवनहरु भत्कायो । तर राणाकालमै चितवनमै बनेको एउटा भवनमा भूकम्पले केही गर्न सकेन । कसरामा रहेको सो भवन नेपालमा कंक्रिटबाट बनेको पहिलो भवन  हो भन्ने गरिन्छ ।
दोस्रो विश्व युद्ध सुरू भएको बेलामा चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय रहेको भवन सन् १९३९ मा तयार भएको हो । निकुञ्जको स्थापना कालदेखि मुख्यालय सो भवनमा रहेको हो । ‘भूकप्प जाने दिन बैशाख १२ गते म क्वाटरमा थिए । सरसर्ती हेर्दा मुख्यालय भवन कमजोर जस्तो लाग्छ । त्यसैले अब यो भवन रहेन भन्ने लाग्यो’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने ।
तर भूकम्प थामियो भवन सही सलामत नै रहयो भन्छन् कुँवर । बैशाख २९ मा शक्तिशाली कम्पन जाँदा कुँवर सोही भवनभित्रै थिए । कम्पनसँगै ठुलो आवाज आयो । उनले ठाने आज भवन भत्कियो । तर दराजमाथि रहेको कार्टुन झर्दा सो आवाज आएको रहेछ । ‘कसराको भवन के भयो भनेर धेरै ठाउँबाट चासो राख्दै सोधेका छन् । यो भवन भूकम्पपछि चर्केको पनि छैन’ कुँवरले भने ।
दुई तले भवनमा एउटा ठूलो सभाहल एउटा मझौला हल सहित १२ कोठा छन् । मुख्यालयमा नियमित काम गर्ने २१ जना कर्मचारीहरु रहेका छन् । सिकारका लागि आउन लागेका बेलायतकी हालकी महारानी एलिबेथका पिता जर्ज छैठौंलाई राख्नका लागि सो भवन बनाइएको थियो । चितवन त्यो बेला घना जंगल थियो । बेलायती राजा महाराजाहरु बाघ, गैंडा लगायतको शिकार गर्न यहाँ आउने चलन थियो ।
‘जर्ज छैंठौ सिकारमा आउने भनेपछि पाहुनाहरुलाई राख्न सो भवन बनाइएको हो’ चितवन राष्ट्रिय निकुञ्ज स्थापनाकालदेखि नै कार्यरत निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादवले भने । तर दोस्रो विश्व युद्ध सुरू भएपछि जर्ज छैठौं आएनन्् । पछि भारतमा रहेका बिट्रिस उच्च अधिकारी भायसराय माउन्ट वेटन सिकारका लागि आएर सो भवनमा बसेको यादवले बताए ।
यादवका अनुसार गिट्टी, बालुवा, सिमेन्ट, छड प्रयोग गरेर नेपालमा बनेको यो पहिलो भवन हो । सिमेन्ट भारतबाट ठोरी हुँदै ल्याएको उनले बताए । ‘भवन बनाउन ब्रिटिस आर्किटेक्चर नै आएका थिए रे । रड राखेर छत ढलान गरिएको छ । गाह्रो इट्टाको छैन सिमेन्टको ब्लकको छ’ पुर्व संरक्षण अधिकृत यादवले भने । नेपालमा पहिलो पटक सन् १९७४ मा सिमेन्ट कारखाना खुलेको इतिहास छ ।
राणा शासन हुँदासम्म निकै चहलपहल हुने भवन सात सालको परिवर्तनपछि सुनसान भएको यादवले बताए । ‘निकुञ्जको मुख्याल राख्ने निधो गरेपछि हामीले त्यो बेला एक लाख रुपैयाँ खर्च गरेर भवनको मर्मत गरको हो’ पूर्व संरक्षण अधिकृत यादवले भने । निकुञ्ज विस २०३० सालमा स्थापना भएको हो । भूकम्पले चितवनका ३९ सरकारी कार्यालयमा क्षति भए पनि पुरानो भवन दुरुस्त रहयो ।
भनिन्छ कंक्रिटको भवनको आयु सय वर्ष हुन्छ तर सिमेन्टमा खराबी आएको अवस्थामा यो समय कम हुन सक्छ । ‘७६ वर्ष पुगेको भवन भूकम्पमा केही नहुनु भनेको निर्माण विधि, निर्माण सामग्रीको गुणस्तरका साथै यहाँको भूबनोट र भूकम्पको धक्काको शक्तिले पनि भूमिका खेलेको हुन सक्छ’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत कुँवरले भने ।