चितवन । पूर्वी चितवनको रत्ननगर–१८ मालपुरमा रहेको मुसहरबस्तीकी सरिता मुसहरको गत वर्ष १५ वर्षको कलिलैमा विवाह भयो । बस्तीकै शिव मुसहरसँग उनले प्रेम विवाह गरिन् । २०७१ साल मंसिरमा आफू खुसी बिहे गरेकी सरिता अहिले गर्भवती छन् । बस्तीमा पुग्दा सरिता र शिव त्यहीँ भेटिए । सानै उमेरमा भएको विवाहले पार्ने असरबार उनीहरुलाई ज्ञान रहेनछ…