चितवन । भूकम्पपीडितलाई राहत वितरणको श्रृंखला चलिरहेकै बेला आपराधिक गतिविधिमा संलग्न भएको आरोप खेप्दै आएका गुण्डा नाइके 'डन' ‘चक्रे मिलन’ उर्फ मिलन गुरुङले पनि जन्मथलो गोरखा पुगेर राहत बाँडेका छन् । केही दिनअघि चक्रे मिलनले छोप्राक र आसपासका गाउँमा महिला समूह, विद्यालयआदिलाई तत्कालै लाखौँ रुपैयाँ नगद हस्तान्तरण गरेको उनका सहयोगीले बताएका छन् । …