मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अधिकारी हत्या प्रकरणमा जिल्ला अदालतको आदेश सदर

अधिकारी हत्या प्रकरणमा जिल्ला अदालतको आदेश सदर


चितवन । पुनरावेदन अदालत हेटौंडाले बिहीबार फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा यसअघि जिल्ला अदालत चितवनले गरेको थुनछेकको आदेशलाई सदर गरेको छ । 
 
पुनरावेदन अदालतका न्यायाधीशद्वय हरिकुमार पोखरेल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आदेशको सदर गरेको हो । जिल्ला अदालत चितवनले अधिकारी हत्या प्रकरणमा १३ जना हत्या आरोपीविरुद्ध आदेश गरेको थियो । जसमा एक जना रूद्र आचार्य विदेशमा रहेकोले अनुपस्थित थिए भने बाँकी १२ जनामध्ये तीन जनालाई शुद्ध तारिख र नौ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
 
सुरूदेखि यस घटनाको अध्ययन गर्दै आएका अधिवक्ता खगराज कँडेलले सम्पूर्ण प्रक्रिया सकिएपछि मुद्दाको अन्तिम फैसला गर्ने अधिकार चितवन जिल्ला अदालतमा आएको जानकारी गराए ।