मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अपराध अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी एसएसपी सर्वेन्द्र खनाललाई ।

अपराध अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी एसएसपी सर्वेन्द्र खनाललाई ।


हिमालय खबर, काठमाडौँ   ।  प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी सर्बेन्द्र खनाललाई दिएको छ । महाशाखाका एसएसपी पुष्कर कार्की युएन मिसनका लागि लाइबेरिया गएपछि खनाललाई महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको हो ।प्रहरीका विभिन्न विभागहरु मध्ये अपराध अनुसन्धान महाशाखा अत्यन्त चुनौतिपूर्ण मानिन्छ । प्रहरी बरिष्ठ उपरीक्षक खनाल प्रहरी संगठन मित्र अत्यन्त अब्बल दर्जाका अधिकृतका रुपमा परिचित हुनुहुन्छ । विषम अवस्थामा कुशल नेतृत्व लिन सक्ने खनाललाई प्रहरी संगठन भित्र धेरैले रोलमोडलको रुपमा समेत लिने गरेका छन् । काठमाडौ होस् वा तराईका जिल्ला तथा अञ्चलहरुमा प्रहरी प्रमुखको रुपमा खनालले गुण्डागर्दी रोक्न चालेको शशक्त अभियान अहिले पनि उत्तिकै चर्चाको शिखरमा रहेको छ ।
 
 भारतका लागि समेत टाउको दुखाईको विषय बनेका सीमा क्षेत्रका डनहरुलाई पक्राउ गर्न समेत खनाल सफल हुनुभयो । तराईमा बालविवाह तथा दाइजोप्रथा रोक्न पनि खनालले महत्वपूर्ण भुमिका खेल्नु भएको थियो ।  पहिलो संविधान सभाको चुनाव २०६४, तथा गत वर्ष काठमाडौमा भएको सार्क सम्मेलनलाई सफल पार्न सुरक्षाको जिम्मेवारी लिनु भएका खनाल आफनो भूमिकामा पूर्ण सफल हुनु भएको थियो । यसका अतिरिक्त विदेशमा भएका तालिमहरुमा पनि सर्वोत्कृष्ट भई खनालले प्रहरी संगठनको मात्र होइन देशकै शीर उच्च पार्दै आउनु भएको छ । पछिल्लो पटक इटलीको रोममा भएको विश्वका ३७ देशका प्रहरी अधिकृतहरु सम्मिलित तालिममा खनाल सर्वोत्कृष्ट घोषित हुनु भएको थियो । खनालले हालै महाभूकम्पका कारण  विपतमा परेर छटपटाइरहेका आफ्नै संगठनका सदस्यहरुलाई देशका विभिन्न ठाँउमा गई कुशल काउन्सेलीङ दिएर उनीहरुको मनोबल उच्च पार्न सफल हुनु भएको थियो । काउन्सेलिङ लिएका प्रहरीहरुले पनि खनालको काउन्सेलिङ अत्यन्तै प्रभावकारी भएको र यसबाट आफुहरुलाई कार्य क्षेत्रमा खटिन उर्जा मिलेको प्रतिक्रिया दिएका थिए ।