मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा सर्पदंशको औषधि अभाव

चितवनमा सर्पदंशको औषधि अभाव


चितवन । चितवनमा गर्मीह्वात्तै बढेपछि सर्पदंशका बिरामी पनि बढेका छन्। बिरामीको चापसँगै औषधिकोपनि चरम् अभाव भएको छ । औषधि अभावबारेभरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. माणिकलाल मानन्धरले भने, ‘अब सर्पलाई पनि कोटा पुगेपछि मात्रै डस् भन्नुप¥यो, नत्र औषधि पु¥याउनै नसकिने भइयो।’ 
 
सर्पले डसेका बिरामीलाई दिइने औषधि पनि क्षेत्रीय स्वास्थ्य निर्देशनालयले कोटाका आधारमा दिने गरेकाले उपचारमा समस्या देखिएको छ ।
 
‘भरतपुर अस्पताललाई महिनाको १७० भायल एन्टिस्नेक भेनम दिने कोटा छ यो सकियो भने तपाइँको कोटा सकियो भनेर दिँदैन’, मेसु डा. मानन्धरले थपे, ‘के सर्पले पनि यति मानिसलाई मात्रै डस्, कोटा सकियो अब डस्न हुन्न भन्छ र !’ 
 
गर्मी बढेसँगै सर्पले डसेकै कारण उपचार गराउन आउने बिरामीको चाप बढ्दो छ । अझै भरतपुर अस्पतालमा आईसीयू सेवा रहेका कारण पनि छिमेकी जिल्लाबाट पनि यसको उपचारका लागि बिरामीहरु आउने गर्छन् । तर क्षेत्रीय स्वास्थ्य निर्देशनालयले पठाएको सर्पदंशको औषधि कोटा प्रणालीद्वारा वितरण गरिँदा समस्या भएकोे उपचारमा संलग्न चिकित्सकहरु बताउँछन्  । 
 
‘यतिबेला भरतपुर अस्पतालमा महिनाको सय जनाका हाराहारीमा सर्पले डसाइबाट आउने बिरामी छन् । उनीहरुमध्ये १० जनालाई त यसको औषधि दिनुपर्छ’, सर्पले डसेका बिरामीहरुको अवस्थाका बारेमा अध्ययन गरिरहेका टक्सिनोलोजिष्ट डा. छविलाल थापाले भने, ‘एउटा बिरामीलाई औसतमा ३० भाइलसम्म औषधि दिनुपर्ने अवस्था देखिन्छ तर अहिले कोटा प्रणालीबाट आएको औषधि त्यो मात्राभन्दा आधा कम छ ।’ 
 
बिरामीको चापलाई हेर्दा भरतपुर अस्पतालमा मासिक ३०० सय भाइलको हाराहारीमा औषधि आवश्यक पर्छ । तर अहिले त्यो पूरा हुन सकेको छैन । अस्पतालको रेकर्ड हेर्ने हो भने एउटै बिरामीलाई सय भाइलसम्म औषधि दिएर बचाएका उदाहरणले गर्दा कति खेर कुन मात्रामा औषधिको माग हन्छ, त्यसै भन्न नसकिने अवस्था छ । 
 
‘दुई दिनअघि सोझै स्वास्थ्य सेवा विभागबाट २४० भाइल एन्टिस्नेक भेनम नल्याएको भए अहिले यहाँ औषधिको अभाव हुने रहेछ’, मेसु डा. मानन्धरले भने । उनकै अग्रसरतामा विभागबाट केही दिनअघि मात्रै कोटाभन्दा बाहिरको औषधि माग गरी अस्पतालमा सञ्चित गरिएको थियो । अहिलेसम्म त्यही औषधि अस्पतालमा रहेको छ ।
 
सर्पमा रहेको प्राकृतिक विष त्यसको डसाइपछि मानिसको शरीरमा जान्छ । त्यही विष फैलिएर मानिसको मृत्यु हुन्छ । डा. थापाका अनुसार त्यो शरीरमा गएको विषलाई फैलावट हुन नदिई नियन्त्रण गर्न बाहिरबाट पनि दिइने प्रतिरोधात्मक विषको औषधि हो एन्टिस्नेक भेनम । जुन नेपाल सरकारले देशका सरकारी अस्पतालहरुमा निःशुल्क वितरण गर्दै आइरहेको छ । तर त्यो प्रर्याप्त छैन ।
 
कहिलेकाही औषधिको अभाव हँुदा बिरामीको मृत्यु हुने गरेका घटनाले भरतपुर अस्पतालमा विवाद हुने गरेका तीता घटनाहरु पनि छन् । अघिल्लो वर्ष साउन २६ गते भरतपुर–१४ सीतारामचोकका पूर्णबहादुर परियारको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीका आधारमा भरतपुर अस्पतालले मृतकका आफन्तलाई दुई लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो । तर अस्पतालले अहिलेसम्म त्यो क्षतिपूर्ति पीडित परिवारलाई दिएको छैन । 
 
‘एकातिर सरकारी अस्पतालमा सर्पले डसेको औषधि पु¥याउन सकिएन भने पनि समस्या छ । अर्काेतर्फ औषधिमा कोटा प्रणाली लागू हुँदा महिनामा बढी खपत हुनाले थप जटिलता भएको छ’, उनले गुनासो गर्दै भने, ‘कमसेकम कोटा प्रणाली खारेज भएर आवश्यकता अनुसार आउने व्यवस्था भयो भने बिरामीको उपचारमा सहज हुने थियो ।’