काठमाडौँ । भूकम्पले देशभर ३४ वटा कारागारमा क्षति पुगेको कारागार व्यवस्थापन विभागले जनाएको छ । भूकम्पले सिन्धुपाल्चोक कारागार पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने यहाँ रहेका २१६ कैदीबन्दीमध्ये २१३ जना भागेको विभागका महानिर्देशक हिमनाथ दवाडीले जानकारी दिनुभयो । “काठमाडौँको केन्द्रीय कारागार, जगन्नाथ देवलबाट तीन र डिल्लीबजार कारागारबाट एक जना बन्दी भागेकामा विभागको निर्देशनमा जिल्ला प्रशासन…