मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बालकलाई बलि दिने नौजना पक्राउ

बालकलाई बलि दिने नौजना पक्राउ


नवलपरासी । नवलपरासीको कुडियामा १० वर्षीय बालकलाई बलिदिने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक जगतबन्धु पोख्रेलले स्थानीयले बालकलाई बलि दिएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाको अनुसन्धान भइरहेको जनाएका छन् ।
साउन ५ गतेदेखि वेपत्ता १० वर्षीय बालक कुडिया–४ निवासी सोनी भन्ने जीवन कहारको शव शुक्रबार घरदेखि चार सय मिटर पूर्व पिगेप गेष्ट हाउसको पछाडि फेला परेको हो । बालकको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।
गाउँमा लामा झाँक्रीको काम गर्दै आएका छिमेकी कोदई हरिजनको घरमा बालकको रगतको टाटासमेत देखिएको बताइएको छ ।
कोदई हरिजन फरार रहेका छन् भने अन्य नौजनालाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा लक्ष्मी हरिजन, विजय हरिजन, शान्ति हरिजन, सूर्यमान हरिजन, रुदल हरिजनलगायत पक्राउ परेका हुन् ।
पक्राउ परेकालाई अनुसन्धान भइरहेको र हत्याको वास्तविक कारण भने अझै नखुलेको प्रहरी निरीक्षक पोख्रेलले बताए ।