मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भूकम्पमा बाबुआमा गुमाउने बालबालिकालाई पढाइने

भूकम्पमा बाबुआमा गुमाउने बालबालिकालाई पढाइने


काठमाडौँ । सिन्धु युएस वेलफेयर सोसाइटी, अमेरिकाले भूकम्पमा परी बाबुआमा गुमाएका पाँच बालबालिकालाई पढाइदिने जिम्मा लिएको छ ।
 
सिन्धुपाल्चोक, लिस्तीकोट–३ का दावा शेर्पा (कक्षा ४), लिस्तीकोट–७ का दावा शेर्पा (कक्षा ६), नवलपुर–६ का सन्दीप तामाङ (नर्सरी), कदमबास–८ का सुदीप तामाङ (युकेजी) र सुनिता तामाङ (कक्षा २) लाई १२ कक्षासम्म पढाइदिने सोसाइटीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 
 
ती बालबालिकालाई काठमाडौँ कपनस्थित माउन्ट कैलाश स्कुलमा भर्ना गरिसकिएको सोसाइटीका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो । सोसाइटीले कक्षा १२ सम्म आवासीय सुविधासहित स्कुलमा पढाइदिने भएको हो । 
 
सोही संस्थाले अहिले अन्य नौ बालबालिकाको अध्ययनको जिम्मा लिएको छ । सोसाइटीले सिन्धुपाल्चोकका विभिन्न विद्यालयको अध्ययन गर्दा सबैभन्दा बढी भूकम्पबाट क्षतिग्रस्त विद्यालयका पाँच विद्यार्थीलाई काठमाडौँमा ल्याएर अध्ययन गराउने भएको हो । रासस