चितवन । पूर्वीचितवनको भण्डारा–८ डडुवामा प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट स्थानीय बालिका गम्भीर घाइते भएकी छन् ।
भण्डाराबाट लोथरतर्फ कार्यालय जाँदै गर्दा प्रहरीले चलाएको ग ९ प ३७९१ नम्बरको मोटरसाइकलले मामा घरमा बस्दै आएकी अन्दाजी ६ वर्षीया बालिका विनिसा सुवेदीलाई ठक्कर दिएको हो । बालिकाको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।
घटनापश्चात् आक्रोशित स्थानीय र प्रहरीबीच केहीबेर मुठभेडको अवस्था सिर्जना भएको थियो । प्रहरीले चलाएको मोटरसाइकल अरु नै व्यक्तिको हो । आफूले नियन्त्रणमा लिएर राखेको मोटरसाइकल प्रहरीले नै प्रयोग गर्दै आइरहेको थियो ।
प्रतिक्रिया