भूकम्प प्रभावित जिल्लामा खटिएका प्रहरी कर्मचारीहरुलाई तनाव व्यवस्थापनका लागि नेपाल प्रहरीले काउन्सेलिङ गर्ने अभियान अन्तर्गत प्रहरी बरिष्ठ उपरीक्षक सर्बेन्द्र खनालको नेतृत्वमा रहेको काउन्सेलिङ टोलीले महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत कर्मचारीहरुलाई काउन्सेलिङ गरेको छ । विपदको वेला उद्धार, राहत तथा भग्नावशेष पन्छाउने लगायतका कार्यमा खटिएका प्रहरी अधिकृत तथा जवानहरुमा उत्पन्न तनाव कम गर्न काउन्सेलिङ गर्न नेपाल…