मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घाँटीमा केरा अड्किँदा दुई वर्षीय बालकको मृत्यु

घाँटीमा केरा अड्किँदा दुई वर्षीय बालकको मृत्यु


दमौली । तनहुँको सतिस्वाँरा–२ घर भई हाल मिर्लुङ– ६ आरुबोटस्थित मामाको घरमा बस्दै आएका दुई वर्षीय बालकको आइतबार राति घाँटीमा केरा अड्किएर मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा सङ्गीता अधिकारीका छोरा टेलिङ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । हजुरआमाले दिएको केरा खाँदा घाँटीमा अड्किएर ती बालकको मृत्यु भएको बताइएको छ । 
 
राति २ बजे डुम्रेस्थित मोती मेडिकल हलमा पु¥याइएका ती बालकलाई त्यहाँका स्वास्थ्यकर्मीले मृत्यु भइसकेको बताएका थिए । मृतक बालकको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएकोे छ । 
 
यसैगरी तनहुँको जामुने गाविस– ५ पसले निवासी २० वर्षीय अभिषेक सुनार विष सेवनबाट गम्भीर विरामी भएका छन् । मुसा मार्ने औषधि खाई विरामी भएका सुनारको अहिले दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । 
 
आज बिहान सुनारले एक्कासि उक्त विष खाएको थाहा पाएपछि परिवारजनले अस्पताल पु¥याएका थिए । उनले विष सेवन गर्नुको कारण भने खुल्न सकेको छैन । रासस