मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हिन्दूराष्ट्रको माग गर्दै पर्सा जिल्ला बन्द

हिन्दूराष्ट्रको माग गर्दै पर्सा जिल्ला बन्द


पर्सा । हिन्दूराष्ट्रलगायतका पाँच सूत्रीय माग राख्दै हिन्दूराष्ट्र सङ्घर्ष समिति पर्साले सोमबार पर्सा जिल्ला बन्द आह्वान् गरेपछि त्यहाको जनजीवन प्रभावित भएको छ । 

बन्दकर्ताले वीरगन्जमा रहेका पसल, उद्योग, शैक्षिक संस्था बन्द गराएका छन् भने वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएपछि जिल्लाको जनजीवन प्रभावित भएको हो । बन्दकर्ता बिहानैदेखि वीरगन्जको घन्टाघर, नगवा, प्रतिमा चोक, छपकैया, मर्ली चोकलगायतका स्थानमा टायर बाली प्रदर्शन गरिरहेका छन् । 
 
बन्द आह्वानलाई अवज्ञा गरेको भन्दै बन्दकर्ताले वीरगन्जको रजतजयन्ती चोकमा दुई वटा मालबाहक ट्रकमा तोडफोडसमेत गरेका छन् । बन्दकर्ताले ना३ख ७५३८ र ना२ख ६४३० नम्बरका ट्रकको सिसा फुटाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 
 
गाईलाई राष्ट्रिय जनावर घोषित गरी गौ हत्यामाथि प्रतिबन्ध लगाउनुपर्ने, धर्म परिवर्तनलाई प्रतिबन्ध लगाउनुपर्ने, छुवाछूतमाथि रोक लगाउनुपर्ने, जातीय र क्षेत्रीय शोषणबाट मुक्त समाजको स्थापना गर्नुपर्ने,
हिन्दू मठमन्दिरको पौराणिक चलअचल सम्पत्ति पुनः मठमन्दिरको नाममा कायम गरी मठमन्दिरको सञ्चालक समितिमा आस्थावान् हिन्दूलाई मात्र नियुक्त गर्नुपर्नेलगायतको माग राखी बन्द आह्वान् गरिएको हो । 
 
बझाङमा पनि हिन्दूराष्ट्र माग
नयाँ बन्ने संविधानमा नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने माग गर्दै सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान जिल्ला समन्वय समिति बझाङले सदरमुकाम चैनपुरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा विभिन्न क्षेत्र, समुदाय र पेसामा संलग्न व्यक्तिकोे सहभागिता रहेको थियो । चैनपुर बजार परिक्रमापछि ¥याली कोणसभामा परिणत भएको थियो । 
 
कोणसभामा वैद्घिक सनातन हिन्दूराष्ट्र नेपाल संस्थागत संयुक्त सङ्र्घष समिति सचिवालय सदस्य सिद्घराज खड्काले धर्म निरपेक्ष राष्ट्र कायम गर्न धर्मको नाममा डलरको खेती भएको र यसले लोकतन्त्रको खिल्ली उडाएको टिप्पणी गर्नुभयो । कार्यक्रममा संविधानमा विश्वको एक मात्र हिन्दूराज्य नेपालको पहिचान कायम नरहे देशभरिबाट आन्दोलन चर्काउने चेतावनी दिइएको छ । रासस