मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भूकम्पका कारण अझै पनि महिलामा मनोसामाजिक समस्या

भूकम्पका कारण अझै पनि महिलामा मनोसामाजिक समस्या


बनेपा । भूकम्प गएको तीन महिना बितिसक्दा पनि मनोसामाजिक समस्याले महिला पीडित भएको देखिएको छ । काभ्रेपलाञ्चोकको पाँचखालमा आइतबार सञ्चालन भएको शिविरको मनोविमर्स कार्यक्रममा करिब ३२ वर्ष माथिका अधिकांश महिलामा त्यस्तो समस्या देखिएको तामाङ महिला घेदुङकी अध्यक्ष मायालु तामाङले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार खासगरी भूकम्पका कारण टोलाउने, एक्लै बस्न रुचाउने, बेलाबेलामा झस्किरहने र खाना खान मन नलाग्ने मनोसामाजिक समस्या महिलामा देखिएको छ ।
 
सो कार्यक्रममा आएकामध्ये केही पुरुषमा समेत त्यस्तो समस्या देखिएको उल्लेख गर्दै अध्यक्ष तामाङले भूकम्प पछि पनि पर्नसक्ने सम्भावित जोखिमका बारेमा समेत पीडितलाई जानकारी गराइएको बताउनुभयो । कार्यक्रममा भूकम्पपछि अपनाउनुपर्ने सचेतना, कानुनी परामर्शलगायत स्थानान्तरण हुँदा पर्नसक्ने सम्भावित जोखिमका बारेमा पनि जानकारी गराइएको थियो ।
 
पाँचखालमा भएको सो कार्यक्रममा देवभूमि बालुवा, अनेकोटलगायतका स्थानबाट १३५ जना सहभागी भएका थिए । गैरसरकारी संस्था टिपीओ नेपाल, पिपीआर, ल्याक र महिला घेदुङले सो कार्यक्रमको आयोजना गरेको थियो ।
अध्यक्ष तामाङले पुनः जिल्लाको महादेवस्थान, पोखरीनारायणस्थान र कासीखण्ड नगरपालिकामा समेत शिविर स्थापना गरी भूकम्पपछि आउन सक्ने सम्भावित जोखिमका बारेमा जानकारी दिइने बताउनुभयो । रासस