मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्वी चितवनका दुई पाउरोटी र बेकरी उद्योग बन्द

पूर्वी चितवनका दुई पाउरोटी र बेकरी उद्योग बन्द


चितवन । पूर्वी चितवनको दुई वटा पाउरोटी उद्योग बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुगमनमा गएको टोलीले रत्ननगर र खैरहनीका दुई उद्योग बन्द गराएको छ।
रत्ननगरको अन्नपूर्ण पाउरोटी तथा बिस्कुट उद्योगमा अनुगमन गर्दा आवश्यक कागजात नभेटेको, उत्पादन गरिएको बस्तुमा उत्पादकको नाम,ठेगाना, तथा उत्पादन मिति, मुल्यलगायतका लेबेल उल्लेख नगरिएको र उद्योगमा फोहोर समेत भएकाले उद्योग बन्द गरेको छ । उत्पादनको लेबलमा अनिवार्य रूपमा  उल्लेख गर्नुपर्ने कुराहरू उल्लेख नगरिएकाले तत्कालका लागि उद्योग बन्द गरिएको र जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो ।
 
त्यस्तै टोलिले खैरहनीमा रहेको सागर बेकरी उद्योगसमेत बन्द गराएको छ।उक्त उद्योगको खाद्य अनुज्ञा पत्र नभएको,उत्पादकको नाम,ठेगाना, तथा उत्पादन मिति,मुल्य लगायतका लेबेल उल्लेख नगरिएको र उद्योगमा फोहोर समेत भएकाले उद्योग बन्द गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका,खाद्य निरीक्षक नवीन देउजाले जानकारी दिनुभयो । ती दुबै उद्योगले आफ्नो उत्पादन आवश्यक लेबल उल्लेख नगरेकोले खाद्य एन बमोजिम कारबाही गरिने देउजाले बताउनुभयो ।
 
त्यस्तै खैरहनीकै हिमालचुली पाउरोटी उद्योगमा अनुगमन गर्दा उत्पादित बस्तुमा उत्पादन मिति र मूल्य नराखेकाले उत्पादन मिति र मुल्य उल्लेख गर्न निर्देशन गरेको छ । तिनै वटा कम्पनीबाट  गुणस्तर जाँचका लागि पाउरोटीको नमुनासमेत लिएको छ । त्यस्तै अनुगमन टोलीले रत्ननगरको एक चाउमिन उद्योगमा समेत अनुगमन गरेको छ।अनुगमन गर्दा आधिकारिक ब्यक्ति नभएको र आवश्यक कागजात फेला नपरेकाले आवश्यक कागजातसहित ३ दिनभित्रमा जिल्ला प्रशासन कार्यालयमा आउन निर्देशन दिएको छ ।
 
साथै विश्वसनीय नापतौल नभएकोले डिजिटल प्रबिधिको नापतौल राख्नसमेत निर्देशन दिएको बजार संरक्षण अधिकृत शर्माले बताउनुभयो । अनुगमन गरिएको चारवटै उद्योगका संचालकलाई आवश्यक कागजातसहित ३ दिनभित्रमा जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन कडा निर्देशन गरिएको छ ।