मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको निधन

वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको निधन


काठमाडौंँ । वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको ८६ वर्षको उमेरमा सँेम्ब्ँर बिहान निधन भएको छ । 
 
जनैखटिराका कारण दुई सातादेखि बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत उहाँलाई निमोनियाको सङ्क्रमण पनि देखिएको थियो । देवकोटाका सहयोगी अनिल योगीका अनुसार बिहान ५ बजे अस्पतालमा उहाँको निधन भएको हो । उहाँका एक छोरा र दुई छोरी छन् । 
 
देवकोटाको पार्थिव शरीरमा श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिनेछ । त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । देवकोटाको जन्म विसं १९८६ मा गोरखाको पण्डितगाउँमा भएको थियो । 
 
विसं २००७ को जयतु संस्कृतम् आन्दोलनका एक अगुवा देवकोटा राष्ट्रिय पञ्चायतको अध्यक्ष र पूर्वमन्त्री हुनुभएको थियो । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक, राष्ट्रवादी अभियानका संयोजक हुनुहुन्थ्यो । 
 
साहित्यिक आख्यान लेखनमा पनि स्थापित देवकोटाले ‘उत्सर्ग प्रेम’ उपन्यासका लागि २०४४ सालमा मदन पुरस्कार पाउनुभएको थियो । यस्तै, साझा पुरस्कार, वेदनिधि पुरस्कार, भानुजस्ता पुरस्कार पाइसक्नुभएको थियो । रासस