इलाम । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सङ्कलित सुझाव जस्ताको तस्तै संविधानसभामा पु¥याइने प्रतिबद्धता जनाउनुभएको छ । नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा जनताका राय सुझाव सङ्कलनका लागि इलाम क्षेत्र नं १ को सूर्याेदय नगरपालिकाको लेप्चा सङ्ग्रहालयमा आज आयोजित सुझाव सङ्कलन कार्यक्रममा उहाँले सङ्कलित सुझावलाई जस्ताको तस्तै सभामा पु¥याइने प्रतिबद्धता…