मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रौतहटको जिविस भवनमा आगजनी

रौतहटको जिविस भवनमा आगजनी


रौतहट ।  रौतहटको जिल्ला विकास समितिको कार्यालयमा सोमबार आगजनी भएको छ । जिल्ला प्राविधिक कार्यालयले प्रयोग गर्ने सो भवनको एउटा कोठामा बिहान आगजनी भएको हो । जिल्ला प्रशासन कार्यालयको काजगातहरु स्टोर गरिएको सो कोठामा आगो लागेपछि सुरक्षाकर्मी र वारुणयन्त्रको मद्दतले आगो निभाइएको छ ।
 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको बन्दको १६ औं दिन सोमबार जिल्ला विकास समिति रौतहटको पुरानो भवनमा आगजनी भएको हो ।
 
आगलागीका कारण सो कोठामा राखिएको जिल्ला प्रशासन कार्यालयका फाईल तथा विभिन्न कागजपत्रका साथै फर्निचरहरुसमेत नष्ट भएको छ । बिहान कार्यालयमा आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
 
आगलागीको कारण बारे प्रष्ट नभए पनि मोर्चा कार्यकर्ताले आगजनी गरेको हुनसक्ने आशंका छ । सरकारले आन्दोलनका बारेमा अझैसम्म पनि कुनै सम्बोधन नै नगरेको, प्रहरीको गोली लागी मृत्यु भएका राजकिशोर ठाकुरलाई सहिद घोषणा नगरेको र प्रहरी दमनको समेत विरोधमा कार्यकर्ताहरुले सो कार्यालयमा आक्रोश पोखेको सदभावना पार्टीका जिल्ला अध्यक्ष शेष जमसेदले बताए ।
 
यता प्रशासनले भने सो कोठामा धेरै वर्ष पहिलेका कागजात र केही पुराना फर्निचर रहेको जनाएको छ । आगजनीबाट स्टोर गरेर राखिएका पुराना कागपत्र डढेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।
 
अहिले नयाँ भवनमा सरेको जिल्ला प्रशासनले महत्वपूर्ण कागजात नयाँ भवनमा सारेको र पुरानाहरु जिल्ला विकासकै एक कोठामा राखेको भुजेलले बताए ।