मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बन्दका कारण धनुषामा कालोबजारी बढ्योे

बन्दका कारण धनुषामा कालोबजारी बढ्योे


जनकपुरधाम । निरन्तररुपमा बन्दका कारण धनुषामा उपभोग्य वस्तुको कालोबजारी सुरू भएको छ । 

दैनिक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभावसँगै उपलब्ध सामग्रीमा समेत व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्न थालेपछि सर्वसाधारणको जीवन कष्टपूर्ण भएको छ । 

तरकारीमा प्रतिकेजी २० देखि ६० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । प्याज, गोलभँेडा, आलु, सिमी, भिन्डी, भन्टालगायतका तरकारीको मूल्य वृद्धिले किन्नै नसकिने उपभोक्ताको गुनासो रहेको छ ।

त्यस्तै, बन्दको नाममा पेट्रोलियम पदार्थको समेत कालोबजारी सुरू भएको छ । बन्दकर्ताले ठूलो सवारीसाधनमा रोक लगाएपछि दुईपाङ्ग्रे सवारीसाधनमा छुट दिए पनि पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारीका कारण मोटरसाइकल, स्कुटरलगायत सवारीसाधनसमेत ठप्प हुने अवस्था सिर्जना भएको छ ।

जिल्लामा यतिबेला कालोबजारी गर्नेले प्रतिलिटर रु २०० सम्ममा पेट्रोल बिक्री गरिरहेका छन् भने खाना पकाउने ग्यासको पनि उस्तै समस्या रहेको छ । रासस